coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश १ : ६ सय २८ डिस्चार्ज, ३ सय ६४ संक्रमित

प्रदेश १ को विभिन्न आइसोलेसनमा रहेका कोरोना संक्रमित ६ सय २८ जना डिस्चार्ज हुँदा सोमबार ३ सय ६४ जना थपिएका छन्।  

प्रदेशको मोरङमा १ सय ६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, तेह्रथुम, भोजपुर र खोटाङमा २–२, ओखलढुंगामा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार विराटनगरमा ९६ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ४० महिला र ५६ पुरुष रहेका छन्। मोरङको सुन्दरहरैँचामा १८, उर्लाबारीमा १४, रतुवामाई, बेलबारी र बुढीगंगामा ५–५, रंगेली, कानेपोखरी र ग्रामथानमा ३–३, कटहरीमा २, सुनबर्षी, जहदा, पथरीशनिश्चरे, केराबारी र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। सुनसरीको धरानमा ३४, इटहरीमा ३२, इनरुवामा १०, रामधुनीमा ३, बराहक्षेत्रमा २, हरिनगर, देवानगञ्ज, बर्जु, दुहबी र कोसी गाउँपालिकामा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

झापाको दमकमा २१, विर्तामोडमा १२, गौरादहमा ६,बुद्धशान्ति, मेचीनगर र कचनकवलमा ३–३, कनकाई र अर्जुनधारामा २–२, शिवसताक्षी, गौरीगञ्ज, हल्दिबारी, भद्रपुर र कमल गाउँपालिकामा १–१र स्थानीय तह नखुलेका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

उदयपुरको त्रियुगामा ९, चौदण्डीगढीमा ३ र कटारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा २, महालक्ष्मी, पाख्रीबास र  स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ३ र मिक्लाजुङमा १, इलामको चुलाचुलीमा २ र सूर्योदयमा १, संखुवासभाको खाँदबारी र सिलिचोङमा १–१, तेह्रथुमको म्याङ्लुङ र स्थानीयतह नखुलेका १–१, भोजपुरको भोजपुर र आमचोकमा १–१, खोटाङको दिक्तेल रूपाकोट मझुवागढीर बराहपोखरीमा १–१, ओखलढुंगामा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमितको संख्या २२ हजार १ सय ९८ पुगेको छ।  

प्रदेशमा ६ सय २८ जना डिस्चार्ज भएका छन्। होमआइसोलेसनबाट ६ सय १७, न्यूरो अस्पतालबाट १० र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ८ सय १ पुगेको छ।

प्रदेशमा सोमबार १ हजार ५ सय ४४ जनाको पिसिआर परीक्षण गरिएको छ।परीक्षण गरिएका मध्ये १ सय ४४ महिला र २ सय २० पुरुषकोरिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ७२ हजार ४ सय ९५ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।                                                                                                                                                                                                                                      

 

 

प्रकाशित: २४ कार्तिक २०७७ १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App