१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतद्वारा नेपाललाई थप २८ वटा आईसीयू भेन्टिलेटर प्रदान

कोभिड–१९ महामारी विरुद्धको लडाईमा नेपाल सरकारलाई भारतले थप आईसीयू भेन्टिलेटर सहयोग गरेको छ। भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई २८ वटा आईसीयू भेन्टिलेटर उपहार स्वरुप प्रदान गरे।  

यस अघि भारतले नेपाललाई वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री, जेठ ४ गते कोभिड–१९ परीक्षण कीट (आरटी–पिसिआर), श्रावण २५ गते आईसीयू भेन्टिलेटर र भाद्र ३० गते रेमडेसिभिर औषधी प्रदान गरेको थियो।  

हस्तान्तरण समारोहमा बोल्दै राजदूत क्वात्राले कोभिड–१९ महामारी विरुद्धको लडाईमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटूट साथ रहेको बताए। साथै, उनले यस किसिमको आवश्यक सहयोग गर्न भारत सँधै प्रतिबद्ध रहेको कुरामा जोड दिए।  

 

 

 

प्रकाशित: २३ कार्तिक २०७७ १५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App