१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

मधेश आन्दोलन कांग्रेसप्रतिको असन्तुष्टि थियो : सभापति थापा

नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले विगतका मधेश आन्दोलन नेपाली कांग्रेसप्रतिको असन्तुष्टिको अभिव्यक्ति भएको बताएका छन्। तराईमा रहेका धेरै मुद्दा कांग्रेसले बोक्नुपर्ने भए पनि समयमै बोक्न नसक्दा मधेशमा नयाँ-नयाँ पार्टी र आन्दोलनहरू भएको उनले बताए।

सभापति थापाले कांग्रेसले पछि आत्मसमीक्षा गर्दै मधेशका मुद्दालाई सम्बोधन गर्दै अघि बढेको तर पछिल्लो समय पार्टीलाई नै  कमजोर ठान्ने प्रवृत्ति बढ्दै जाँदा र अरू दलसँग अनावश्यक गठबन्धन गर्ने अभ्यासले पार्टीलाई कमजोर बनाएको बताए।  

उनले कांग्रेसले विभिन्न समयमा विभिन्न दलसँग गठबन्धन गरे पनि मधेश केन्द्रित मुद्दा मधेशका दललाई नै छाड्ने प्रवृत्ति रहँदा कांग्रेस कमजोर बनेको भन्दै अब सुधार भएर मधेशका मुद्दामा केन्द्रित हुने बताएक छन्।   

प्रकाशित: १४ माघ २०८२ १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App