२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना भाइरसको पहिलो भ्याक्सिनले ९० प्रतिशत ठिक हुने दावी

कोभिड- १९ का लागि बनेको पहिलो भ्याक्सिनले ९० प्रतिशतसम्म काम गर्ने सुरुआती विश्लेषण गरिएको छ। यो भ्याक्सिन औषधी कम्पनी फाइजर र बायोनटेकले बनाएका हुन्। कम्पनीले यो ‘विज्ञान र मानवताका लागि महान दिन’ भएको बताएको छ।

कम्पनीले यो महिनाको अन्तिमसम्म भ्याक्सिन प्रयोगका लागि निवेदन दिने छ। कोरोनाविरुद्धको लडाईमा भ्याक्सिनलाई नै प्रमुखताका साथ हेरिएको अवस्थामा यो ठूलो सफलता हो।

यो भ्याक्सिन ६ देशका ४३ हजार मानिसमा परीक्षण गरिएको छ। परीक्षणको क्रममा मानव जीवनको रक्षाका लागि कुनै समस्या आएको छैन।  

विश्वभर दर्जनौं भ्याक्सिन ट्रायलको अन्तिम चरणमा छन्। यसलाई ‘फेज थ्री’ ट्रायल भन्ने गरिन्छ। यो मामिलामा नतिजा दिन सफल यो भ्याक्सिन पहिलो हो।

तीन हप्ता भित्र भ्याक्सिनको दुई डोज लिनुपर्ने बताइएको छ। अहिलेसम्म अमेरिका, ब्राजित, जर्मनी, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा भएको परीक्षणमा सात दिनभित्र ९० प्रतिशत मानिसमा भाइरसविरुद्ध रक्षात्मक प्रणाली विकसित भएको बीबीसीले जनाएको छ।

फाइजरले यो वर्षको अन्त्यसम्म भ्याक्सिनको ५ करोड डोज उपलब्ध गराउन सक्ने बताएको छ। भ्याक्सिनलाई शून्यदेखि ८० डिग्री सेल्सियस तापक्रम भन्दा तल राख्नुपर्ने बताइएको छ।

भ्याक्सिनको प्रतिरोधी क्षमता कहिलेसम्म रहने र कुन कुन उमेर समूहका मानिसमा के असर हुन्छ भन्नेबारे भने कम्पनीले कुनै जानकारी दिएको छैन।

फाइजरका अध्यक्ष डा. एल्बर्ट बोर्लाले भनेका छन्, ‘हामी विश्वभरका मानिसलाई यो संकटबाट बाहिर निकाल्ने प्रयासको करिब नजिक पुगेका छौं।’ कम्पनीले नोभेम्बरको तेस्रो हप्ता भ्याक्सिनलाई नियामक निकायमा पेश गर्न सकिने गरि तयारी गरेको बताएको छ। बेलायतले यो भ्याक्सिनको तीन करोड जोड पहिले नै अर्डर दिइसकेको छ।

 

 

 

प्रकाशित: २४ कार्तिक २०७७ १४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App