१० मंसिर २०८१ सोमबार
image/svg+xml

मूल नहर सयभन्दा बढी स्थानमा भत्कियो

सिक्टा सिँचाइ आयोजनाको मूल नहरको सयभन्दा बढी ठाउँमा कामै नलाग्ने गरी भत्किएको छ।

गुणस्तरहीन काम भएको भन्दै नगरपालिकाद्वारा निर्माण कार्यमा रोक

उदयपुरको कटारी नगरपालिका १३ स्थित सिद्धिचरण लोकमार्गको गहुँबारी–ठाँटी खण्डमा निर्माणाधिन सडक कालोपत्रे र आरसिसी ढलानको काम गुणस्तरहीन भएको भन्दै नगरपालिकाले सोमबारदेखि काममा रोक लगाएको छ।

गुणस्तरहीन दूध उत्पादन गर्ने डेरीमा सिल

सरकारले गुणस्तरहीन दूध उत्पादन गर्ने दुई उद्योगमा सिल गरेको छ । बालाजु औद्योगिक क्षेत्रको आधुनिक डेरी प्रोडक्ट प्रालि र पुष्प दूधका नाममा बिक्री वितरण गर्दै आएको पुष्प डेरी फर्मको गोदाममा सिल गरेको हो।

सीमावर्ती गाउँमा गुणस्तरहीन ढिके नुन

कैलालीका सीमावर्ती गाउँमा खुलेआम भारतीय गुणस्तरहीन ढिके नुन खरिदबिक्री भइरहेको छ। भारतीय नागरिकले साइकलमा बोकेर ल्याउने यस्तो नुन सीमावर्ती क्षेत्रका बासिन्दाले उपभोग गर्दै आएका छन्। उनीहरु अवैध ढंगले नेपाल भित्रिएको गुणस्तरहिन ढिके नुन सस्तो हुन्छ। साथै अन्नपात र फलाम, प्लास्टिकलगायतका कबाडी वस्तुसँग समेत साट्न मिल्ने भएकाले सर्वसाधारण त्यसको उपभोगतर्फ आकर्षित भएको पाइएको छ।

सरकारी अस्पतालमा गुणस्तरहीन स्लाइन

रौतहटको सदरमुकाम गौरमा रहेको सरकारी अस्पतालले बिरामीलाई चढाउने स्लाइन पानीले बिरामीको ज्यान जोखिममा पारेको देखिएको छ। गुणस्तरहीन स्लाइन पानी भएको कारण बिरामीको ज्यान नै जोखिममा पर्ने गरेको अस्पताल स्रोतको दाबी छ।

भारतको गुणस्तरहीन उखु नेपाली मिलमा

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले नेपाली चिनी मिलले भारतमा नबिकेको गुणस्तरहिन उखु सस्तो मूल्यमा किनेको आरोप लगाएका छन् । केही नेपाली मिलले विचौलिया प्रयोग गरेर भारतबाट कम गुणस्तरको उखु किनिरहेको मैनालीले आरोप लगाए । मिलले साढे ९ अर्ब रुपैयाँ स्थानीय किसानलाई भुक्तानी गर्न बाँकी छ।

गुणस्तरहीन निर्माणले किनारका नेपालीलाई डुबान त्रास

सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिकाअन्तर्गत पर्ने योगिनियाँ गाउँनजिकै रहेको कोसी पश्चिमी तटबन्ध जोगाउन बनाइएको स्पर मर्मत दबाबपछि भारतीय पक्षले सुरु गरेको छ । पाँच वर्षदेखि जीर्ण तटबन्ध स्थानीय बासिन्दासमेत नेपाली पक्षको दबाबका कारण भारत सरकारमातहतको कोसी योजनाले मर्मत थालेको हो । भारतीय कर्मचारी र ठेकेदारको मनपरीका कारण भने उक्त क्षेत्रमा बसोवास गर्ने नेपाली त्रसित छन्।

करोडौं खर्चेका सडक गुणस्तरहीन

इलाममा २८ करोड रुपैयाँको लगानीमा निर्माणाधीन २ महŒवपूर्ण सडकको काम ‘गुणस्तरीहीन’ भइरहेको पाइएको छ । स्थानीय तहका जनप्रतिनिधिले ठूलो रकम खर्चेका सडकको काममा व्यापक लापरबाही गरिएको भन्दै विरोध जनाएका छन् ।

२५ कम्पनीका औषधि गुणस्तरहीन

नेपालमा २५ वटा औषधि उत्पादन कम्पनी मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ । त्यस्ता कम्पनीलाई कानुनबमोजिम कारबाही गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभाग भने मुकदर्शक बनेको छ ।

५० किलो गुणस्तरहीन मिठाइ नष्ट

जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त टोलीले बुधबार हेटौँडा बजारमा रहेका विभिन्न मिठाइ पसलको अनुमगन गरी गुणस्तरहीन ५० किलो मिठाइ नष्ट गरेको छ।

गुणस्तरहीन हवाई इन्धन बेचेको आरोप

नेपालमा उडान गर्दै आएका फ्लाई दुबई,  एयर अरेबिया, इतिहाद एयरवेज र कतार एयरवेजले नेपाल आयल निगमसँग खरिद गरिने हवाई इन्धन गुणस्तरहीन भएको आरोप लगाएका हुन् ।

सम्झौता मिचेर गुणस्तरहीन मल आयात

किसानले बालीनाली सपार्ने पोषकको रुपमा खेतमा हाल्ने ३० हजार मेटि्रक टन (एक लाख ५० हजार बोरा) युरिया मलले यसपालि उनीहरुले सोचेजति परिणाम नदिन सक्छ। कृषि सामग्री कम्पनीको सञ्चालक समितिले चैत १० मा गरेको निर्णय अनुसार जिटुजी प्रक्रियाबाट खरिद गरिएको मल सम्झौताभन्दा फरक र कमसल पैठारी गरिएको फेला परेको छ।

कराेडाैंकाे गुणस्तरहीन खाने तेल बेच्दै, ५–१० हजार जरिवानामा छुट्दै

म्याद गुज्रेको खाने तेललाई पुनः नयाँ प्याकेटमा राखेर बिक्री गर्ने तयारी गरिरहेको अवस्थामा फेला पारी सीलबन्दी बारा प्रसाशनले सिलबन्दी गरेकाे नितनपुर चोकमा सञ्चालित कृष्ण आयल रिफाइनरी एन्ड भेजिटेबल घ्यु उद्योगलाई विना कारवाही छोडिएको छ। २०७१ साउनमा उक्त तथ्य खुलेपछि प्रशासनको आदेशमा प्रहरीले उक्त उद्योग सीलबन्दी गरेको थियो।

गुणस्तरहीन ‘आयातित’ अलैंचीले बिक्रीमै धक्का

इलाम– आफ्नै लोगो (ट्रेडमार्क) मा पहिचान भएर विदेश निर्यात हुने बेला गुणस्तरहीन ‘आयातित’ अलैंची मिसावट देखिएपछि नेपाली अलैंचीको निर्यातमा गम्भीर असर पुग्ने देखिएको छ । बर्सेनि अर्बौं रुपैयाँ बराबर विदेश निर्यात भइरहेको गुणस्तरीय अलैंचीमा अन्य देशको अलैंची मिसाएपछि व्यवसायी र किसान चिन्तित छन् ।

भारतीय फलामे डन्डी गुणस्तरहीन भेटिए

आयातित केही भारतीय कम्पनीका फलामे डन्डीहरू गुणस्तरहीन भएको फेला परेका छन्। गत आर्थिक वर्षमा भारतबाट आयात गरिएकामध्ये झन्डै १५ प्रतिशत फलामे डन्डी नेपाल गुणस्तर मापदण्ड अनुसार नभएको भेटिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्