२ असार २०८१ आइतबार
image/svg+xml

गौरवका सडक आयोजनाको प्रगतिः कतै उत्साहजनक,कतै निराशाजनक

वर्षाैंदेखि निर्माण सम्पन्न नभएका गौरवका सडक आयोजनाले गत वर्ष औसत प्रगति गरेको सडक विभागको प्रतिवेदनले देखाएको छ। विभागअन्तर्गतराष्ट्रिय गौरवका ५ वटा आयोजना छन्। गत आवमा मध्यपहाडी लोकमार्गर हुलाकीराजमार्गले सन्तोषजनक प्रगति गरे पनि बाँकीको प्रगति उत्साहजनक छैन।

११ महिनामा पुँजीगत खर्च ४० प्रतिशत मात्र

कोभिड–१९ संक्रमणको कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा चालु आर्थिक वर्षको ११ महिनामा करिव ४० प्रतिशतमात्र पुँजीगत खर्च भएको छ।

उपत्यकामा शुक्रबारदेखि पूर्वाधार निर्माण गर्न दिइने

गत साता उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को संक्रमणको जोखिम बढेको भन्दै रोकथाम तथा नियन्त्रणको लागि पूर्वाधार निर्माण तथा ढुवानी सेवा पनि रोक लगाउने निर्णय गरेको थियो। तर प्रशासनले रोक लगाएको एक साता नबित्दै फेरि खुला गर्ने तयारी गरेको छ।

पूर्वाधार निर्माणमा हेलचक्रयाइँ

काममा ठेकेदारको लापरबाही, घटेर ठेक्का लिने प्रवृत्ति र सरकारी कर्मचारीलाई कमिसन बुझाउनुपर्दा गुणस्तर घटाएर काम गर्ने प्रवृत्ति, डिजाइनका त्रुटि लगायत कारण कतिपय संरचना निर्माणकै चरणमा त कतिपय निर्माण सकिएको केही समयमै भत्किने गरेका छन्।

मेलम्ची कथाः मुलुकमै सबैभन्दा ढिलो भएको आयोजना

नेपालको पूर्वाधार निर्माणको इतिहासमा सबैभन्दा धेरै समस्या र ढिलासुस्तीको उपमा पाएको आयोजना हो–मेलम्ची खानेपानी आयोजना। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले तीन दशकअघि अर्थात् २०४७ सालमा मेलम्ची खोलाको पानी ल्याएर काठमाडौं उत्पत्यकामा वितरण गर्ने सपना बाँडेका थिए।

‘परियोजना अवधिभर एउटै ब्याजदर हुनुपर्छ’

सन् १९६४ मा उद्यमी लिलाराज न्यौपानेले सौरभ ग्रुपको स्थापना गरेका थिए । सन् १९८६ मा युवा व्यवसायी विष्णुप्रसाद न्यौपाने प्रवेश गरेसँगै यो ग्रुपले व्यापार विविधिकरण गर्दै आएको छ । यो ग्रुप अन्तर्गत दर्जनौं उद्योग र व्यवसाय सञ्चालनमा छन् । मुख्य गरी यो सिमेन्ट, स्टिल, चिया, धागोलगायतका उद्योगमा अगाडि मानिँदै आएको छ । यही समूहले उत्पादन गर्दै आएको सर्वोत्तम सिमेन्टको सेयर केही दिनमै सर्वसाधारणका लागि जारी हुँदैछ । मुलुकको पूर्वाधार निर्माणको अहिलेको अवस्था र उद्योगी व्यवसायीको भूमिकालगायतका विषयमा ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेसँग नागरिककर्मी हिमाल लम्सालले गरेको कुराकानी ।

लकडाउनमा पूर्वाधारका काम

नगरपालिकाले ३ वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । यस वर्ष कोभिड–१९ को संक्रमणका कारण जीवनरक्षा, जनस्वास्थ्य, शैक्षिक विकास तथा सुधार, सेवा क्षेत्र र उत्पादनमा आधारित अनुदान एवं उद्यमशीलतालाई विशेष प्राथमिकतामा राखेको बताइएको छ ।

पर्वतको बिहादीमा प्याराग्लाइडिङ पूर्वाधार निर्माणको काम सुरु

पर्वतको बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि पूर्वाधार निर्माण थालिएको छ। गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकम २० लाख रुपैयाँको लागतमा गाउँपालिकाको लुङरिङडाँडामा प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको हो।

पूर्वाधार निर्माणले मात्र खेलकुदको विकास सम्भवः मन्त्री सुनार

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा(सुनार)ले पूर्वाधार निर्माणले नै खेलुकदको विकास हुने बताएका छन्।

भौतिक निर्माणमा अल्झिँदै समृद्धि यात्रा

पूर्वाधारमा पनि संघीयदेखि प्रदेश र स्थानीय सरकारको बढी लगानी सडक निर्माण र त्यसैको स्तरोन्नतिमा देखिन्छ। जिल्लाबाट विजयी सभासद्मार्फत आउने निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रमका योजनासमेत बढीजसो सडक र पूर्वाधारमै केन्द्रित छन्।

चालु आवमा आयल निगमको योजना: पूर्वाधार निर्माण गर्न पौन ६ अर्ब

नेपाल आयल निगमले इन्धन भण्डारण र अन्य पूर्वाधार निर्माणका लागि यो वर्ष करिब ६ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। इन्धन भण्डारण लागि पूर्वाधार अभाव भएको बेला निगमले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको हो।

इनरुवा–काँकडभिट्टा खण्डमा ट्र्याक बेडको टेन्डर

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावअघिदेखि नै रेल र पानी जहाज सञ्चालनको कुरा गर्दै आएका छन्। आउँदो आर्थिक वर्ष विभागलाई रेल सञ्चालनका लागि पूर्वाधार तयार गर्न करिब नौ अर्ब रूपैयाँ बजेट विनियोजन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्