१० मंसिर २०८१ सोमबार
image/svg+xml

अनियमितताको अर्को उदाहरण

यो मुद्दामा विगतमा अन्य अनियमितताको अनुसन्धानजस्तै एउटा पक्षमा समानता छ। कुनै खास व्यक्तिलाई परियोजनाको जिम्मेवारी दिनुको अर्थ त्यसको कार्यान्वयनभन्दा पनि अनियमितताबाट लाभ लिनु रहेको छ। अनियमितता गर्न र त्यसलाई सजिलै लुकाउन सक्ने यस्ता व्यक्तिका पछाडि राजनीतिक नेतृत्व रहेको हुन्छ।

नासुलाई २४ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ।

अख्तियारका पूर्वआयुक्तलाई भ्रष्टाचार उद्योग कसुरमा सजाय

विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्तले घुसबापत रकम लिन नपाएको भन्दै भ्रष्टाचार मुद्दामा ‘कसुर उद्योग’ को सजाय ठहर गरेको छ।

शिक्षक नै झुटा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारीले नियुक्ति नै नभएको व्यक्तिलाई झुटा सरुवापत्रका आधारमा शिक्षक बनाएको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

भ्रष्टाचार नियन्त्रणमा सबै एकजुट हुनुपर्ने

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रण गरी मुलुकको विकास, नागरिक हित र सुशासन कायम गर्न आयोगले स्वतन्त्र, निष्पक्ष र निर्भीकताका साथ अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने विश्वास व्यक्त गरे।

कागजी काम देखाएर भ्रष्टाचार

खौलाचौर फिल्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष रतनबहादुर शाही, सचिव धर्मबहादुर मल्ल र कोषाध्यक्ष धनदेवी छत्याल शाहीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता भएको हो।

आइरन चक्की खरिदमा अख्तियारको चासो

मन्त्रालयले आइरन चक्की खरिद गर्दा बजारमा बिक्री भइरहेको मूल्यभन्दा बढी पर्ने भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको हो। ‘अख्तियारमा उजुरी परेको छ।

आन्तरिक टर्मिनलका शाखा प्रमुख घुससहित पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडाललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।

‘प्रोफेसर’ लेखेपछि दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ओहोदा पद नपाउँदै ‘प्रोफेसर’ लेखेको भनी दुई जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियारका पूर्वआयुक्त घुस्याहा ठहर

इन्जिनियरिङ कलेजको डेढ अर्ब रूपैयाँको सम्पत्ति हडप्ने विषयमा देखिएको विवादमा अख्तियारका आयुक्त पाठकले घुस लिएको सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो। पाठकलाई न्यौपानेले अर्को व्यक्तिमार्फत घुस दिएको अडियो, भिडियो सार्वजनिक भएपछि मुद्दा चलाउन अख्तियारलाई नैतिक दबाब परेको थियो।

सवारीचालक अनुमतिपत्रमा अनियमितता

विशेष अदालतले सवारीचालक अनुमतिपत्रको परिणाम फेरबदल र राजस्व चुहावट मुद्दामा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्दकेशरी पोखरेल, प्रहरी नायब उपरीक्षक नवराज थापा, प्रहरी निरीक्षक मुरारी मिश्रसहितलाई दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको छ।

सुरक्षाकर्मी र चालकको दुरूपयोग

कानुन पालना गराउने शासन सञ्चालक प्रधानमन्त्री कार्यालय नै कानुन बाहिर गएर प्रहरी सुरक्षाकर्मी र प्रहरीबाट चालक मगाउँछ भने कसरी सुशासन कायम हुन सक्छ भन्ने प्रश्न उठेको छ।

कमजोर बन्दै भ्रष्टाचार मुद्दा

अख्तियारको अहिलेसम्मकै तथ्यांकमा मुद्दामा गत वर्ष कम सफलता मिलेको छ। दायर भएका मुद्दामा कमै सफलता मिल्ने गरेको छ। मुद्दाको विषय हामीहरूको हातमा छैन।’ श्यामप्रसाद भण्डारी, अख्तियारका प्रवक्ता

१३ जनाविरुद्ध मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमसहित १३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै सवा करोड रूपैयाँ बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा बुधबार आरोपपत्र दर्ता गरेको छ।

मन्दिरको जग्गा हडप्ने ३१ विरुद्ध मुद्दा

तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटी, मालपोत कार्यालयका नायब सुब्बा, खरिदारसमेत गरी ३१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्