१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नासुलाई २४ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ। आयोगले आव २०७२/७३ मा मालपोत कार्यालय पर्साको प्रमुख रहेका प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध मुद्दा दर्ता गरेको हो।

कार्यालय प्रमुख पोखरेलविरुद्ध कार्यालयको ९३ लाख ६६ हजार २ सय ९ रूपैयाँ हिनामिना गरेको आरोप छ। त्यस्तै, विश्वकर्माविरुद्ध पनि १ लाख ४१ हजार ८ सय २५ र चौधरीविरुद्ध ९५ लाख ८ हजार ३४ रूपैयाँ दुरूपयोग गरेको आरोप छ। नायब गुप्ताविरुद्ध ९५ लाख ८ हजार ३४ रूपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ। उनीविरुद्ध थप ६ वटा मुद्दा विशेष अदालतमा विचाराधीन छन्। पछिल्लो ३ वर्षमा दायर भएका मुद्दामा उनले २३ करोड ७३ लाख रूपैयाँ भ्रष्टाचार गरेको आरोप छ।

प्रकाशित: २९ चैत्र २०७९ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App