८ वैशाख २०८१ शनिबार
समाज

‘प्रोफेसर’ लेखेपछि दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ओहोदा पद नपाउँदै ‘प्रोफेसर’ लेखेको भनी दुई जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले नपाएको ओहोदा लेखेर पदीय मर्यादाविपरीत काम गरेको भन्दै भ्रष्टाचार मुद्दा चलाएको हो। गिरीले विश्वविद्यालयबाट प्रोफेसर पद नपाउँदै नियुक्तिका भरमा आफू प्रोफेसर बनेको भन्दै लेख्दै आएका थिए।

‘धरानको उपकुलपतिजस्तो गरिमामय पदमा नियुक्ति पाइसकेपछि नियमित काम गर्ने क्रममा अरूले विश्वास गरोस् भनी बदनियतका साथ कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाएँ भनी अरूले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएकाले ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचारमा थप सजायसमेतको मागदाबी लिइएको छ,’ अख्तियारले आरोपपत्रमा भनेको छ।

डा. ज्ञानेन्द्रमान सिंह कार्कीले डा. ज्ञानेन्द्र गिरीलाई प्रोफसर पदको अनुमोदनका लागि काठमाडौं विश्वविद्यालयमा सिफारिस गर्नसम्म सक्ने थिए। तर उनले दिएको नियुक्तिको आधारमा प्रतिवादी डा. ज्ञानेन्द्र गिरीले ओहोदा नपाउँदै प्रयोग गरेको र त्यस काममा डा. ज्ञानेन्द्रमान मतियारको भूमिका रहेको अख्तियारको ठहर छ। मतियार बनेको भन्दै कार्कीविरुद्धसमेत सजाय हुन मागदाबीसहित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा सोमबार आरोपपत्र दर्ता भएको हो।

प्रकाशित: १० माघ २०७९ ०१:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App