आज अकस्मात् मोवाइलमा एक फ्रेण्ड रिक्वेस्ट आयो, हेरें नाम ‘सरिता’ रैछ। कतै चिने देखे जस्तो लागेन। फेसबुक बन्द गरें र लागें आफ्नो कामतिर।
काम सकेर अफिसबाट घर आएँ। श्रीमतीले चिया ल्याएर दिइन्, थाकेको दिमाग, चियाको चुस्कीसँगै फेसबुक खोलें रिक्वेस्ट जस्ताको तस्तै टसमस नगरी यथावत् थियो।
मनले धर दिएन, प्रोफाइल खोलेर हेरें, उसको फ्रेन्डलिस्टमा कोही थिएनन्। मैले रिक्वेस्टकाे।
केही दिनमा मेसेन्जरमा कुराकानी हुन थाल्यो। उनले आफ्नो घर पाल्पा बताइन्। मेरो परिवारबारे जिज्ञासा राखिन्। मैले मेरो परिवारबारे खुलस्त पारिदिएँ। उनले कुनै प्रतिक्रिया दिइन्।
दिनप्रतिदिन फेसबुकमा नजिकै हुँदै आइयो। दैनिकजसो मेसेज गरिरहन्थिन्। एकदिन उनले फ्याट्ट सोधिन्, ‘आफ्नो पत्नीलाई कतिको माया गर्नुहुन्छ?’
मैले भनें, ‘बेहद! उनी पत्नी मात्र हैनन् मेरो जिन्दगी पनि हुन्।’
त्यसपछि उनी अनलाइनमा देखिइनन्। म पनि आफ्नै काममा व्यस्त रहें।
अफिसमै थिएँ, ‘अचानक मेसेज आयो, हेरें उनकै रहेछ। मैले हेलो फर्काएँ!
‘आउनुस् आज, तपाई र म कतै घुम्न जाउँ! म तपाईकै शहरमा छु!’
मैले मेरो घरको लोकेसन बताउँदै भने, ‘आउनुस् न त मेरो घरतिरै,मेरो श्रीमती परिवारसँग चिनजान पनि गरौ, उनले बनाएको चिया साह्रै मिठो हुन्छ, खाऔं अनि सबै सँगै घुम्न जाऔं हुन्न!’ मैले आफ्नो अन्तर्य पोखें।
उनले अस्वीकारिन् र भनिन्, ‘यदि मलाई चाहनुहुन्छ भने आउनुस् कतै साँघुरो ठाउँमा बसेर कफीसँगै साक्षात्कार गरौं अनि जानै परे जाऔला हुन्न?’
मैले अस्विकार गरिदिएँ। त्यसपछि अनलाइनमा उ देखिइन्। सायद रिसाइन् कि। मैले पनि खोजीनीति राखिन।
अफिसबाट घर आएँ, हातमुख धोएर भान्सामा पसें। श्रीमती भान्सामा निकै व्यस्त थिइन्। मानौं, आज कोही पाहुना आउँदै छन्।
मैले उत्सुकताका साथ सोधे, ‘किन आज कोही आउँदै छन् कि के हो? निकै व्यस्त देखिन्छौ त,सघाउन पनि पर्छ कि!’
मेरो विस्तुर खेर गएन। उनले हाँस्दै भनिन्, ‘हो, आज सरिता आउँदैछिन्।’
छक्क पर्दै सोधें, ‘अरे उसलाई तिमी पनि चिन्छौ र?’
उनले थपिन्, ‘बस्नुस् खाना खान! तपाईंको फ्रेन्डलिस्टको सरिता म नै हुँ!’
प्रकाशित: १५ माघ २०८२ १३:५९ बिहीबार





