राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूविरुद्ध सुनियोजित रूपमा प्रचार गरिएको आरोप लगाएका छन्।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मैले दलित समुदायको सम्बन्धमा बोल्दै नबोलेको र कल्पनासम्म नगरेको विषयलाई सुनियोजित रूपमा प्रचार गरिएको पाइएको छ।’
उनले अगाडि भनेका छन्, ‘यस कार्यमा संलग्नहरुले तत्काल आफ्नो गल्ती सच्याउन आग्रह गर्दछु। अन्यथा साइबर कानुनको सहारा लिन बाध्य हुने समेत जानकारी गराउँछु। भ्रममा नपर्न समेत सबैमा आग्रह गर्दछु।’
सामाजिक सञ्जालमा अध्यक्ष लिङ्देनले दलित समुदायलाई मन्दिर पस्न दिनुहुँदैन भनेर अभिव्यक्ति दिएको दाबी गरिएको थियो। सोही कुरालाई उनले खण्डन गरेका हुन्।
प्रकाशित: १६ माघ २०८२ १०:५९ शुक्रबार





