स्थानीय बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको हो।
हिजो (बिहीबार) प्रति तोला सुन तीन लाख ३९ हजार ३०० रुपैयाँ रहेकोमा आज (शुक्रबार) तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ। यसरी सुनको मूल्य एकै दिन २० हजार ५०० रुपैयाँ घटेको छ।
यसैगरी, हिजो प्रति तोला चाँदी सात हजार ५०५ रुपैयाँ रहेकोमा आज सात हजार ६५ रुपैयाँ झरेको छ। चाँदीको मूल्य ४४० रुपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र त्यति नै परिमाणको चाँदी ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: १६ माघ २०८२ १०:५० शुक्रबार





-600x400-wm.jpg)