२२ चैत्र २०८२ आइतबार
image/svg+xml

नवनियुक्त महान्याधिवक्ता डा. कँडेलले लिए शपथ

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

पूर्व गृहमन्त्री लेखकको बन्दीप्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

सुनुवाइ नसकिएपछि भोलि (सोमबार)को लागि हेर्दाहेर्दैमा राखिएको हाे।

चितवनमा एसइई उत्तरपुस्तिका परीक्षणः अंग्रेजीको सकियो, नेपालीको अन्तिम चरणमा

इकाइका प्रमुख लक्ष्मण देवकोटाका अनुसार आइतबार दिउँसोसम्म अंग्रेजी विषयको सम्पूर्ण उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको छ भने नेपाली विषयको परीक्षण अन्तिम चरणमा पुगेको छ ।

पूर्वप्रधानमन्त्री ओलीको बन्दीप्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

सुनुवाइ नसकिएपछि भोलि (सोमबार)को लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जानकारी गराएकाे छ।

अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु

स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आइतबारदेखि कालोपत्र गर्ने काम सुरु गरिएको छ ।

पिएम कपः लुम्बिनीसँग पुलिस ५० रनले पराजित

विरगञ्जको टिबी साह क्रिकेट मैदानमा लुम्बिनीले दिएको २५७ रनको लक्ष्य पछ्याएको पुलिसले ४२.५ ओभरमा सबै विकेट गुमाएर २०६ रन मात्र बनाउन सक्यो।

वाटरफ्रन्टका संचालक शाक्यको प्रश्नः हामीमाथि कठोर प्रहार किन?

सरकारले फेवातालको मापदण्डभित्रका संरचना भत्काउने क्रममा शनिबार वाटरफ्रन्ट होटलको केही संरचना पनि हटाएको थियो। होटलका संरचना हटाएपछि होटलका लगानीकर्ता कर्ण शाक्यले आपत्ति जनाएका छन्।

सात दिन भित्र निर्वाचन गर्न एन्फालाई फिफाको पत्र

फिफा र एएफसीले निर्वाचन सुनिश्चित नभए निलम्बन प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत दिएको छ।

फेवाताल मापदण्डः संरचना भत्काएपछि स्थानीय आक्रोशित

सरकारले फेवातालको ६५ मिटर मापदण्डभित्र बनेका संरचना हटाउन थालेसँगै स्थानीयले विरोध सुरु गरेका छन। शनिबारदेखि हटाउन थालिएको संरचनामा ठूला आकारका होटलदेखि अस्थायी टहरासम्म छन। ती संरचना तालको मापदण्ड मिचेर बनेका थिए।

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि १९ सम्म

आयोजकको अनुसार रेस चन्द्रगिरीको पातली वन रिसोर्टबाट सुरु भएर पूरा काठमाडौं घुमेर त्यहीं गएर टुंगिने छ।

‘द एभरेस्ट ड्रीम’ हेर्दा भावुक बने बेलायती राजदूत

मस्तिष्कमा गम्भीर चोट भोगेका बेलायती नागरिकहरूको सगरमाथा बेस क्याम्पसम्मको यात्रामा आधारित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ प्रिमियर भएको छ।

सभामुख अर्याललाई सभापति लामिछानेको बधाई

रास्वपा सभापति लामिछानेले नवनिर्वाचित सभामुख अर्याललाई व्यक्तिगत तथा पार्टीको तर्फबाट हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

मध्यपूर्व युद्धले रुसलाई फाइदा भएको छः जेलेन्स्की

जेलेन्स्कीले रुसले वार्ता लम्ब्याउने रणनीति अपनाएको आरोप लगाउँदै सम्भावित शान्ति सम्झौताका लागि अमेरिकी पक्षसँग निरन्तर सम्पर्कमा रहेको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्