२२ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

पूर्वप्रधानमन्त्री ओलीको बन्दीप्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।

सर्वोच्च अदालतले कारण देखाऊ आदेशपछि विपक्षीबाट लिखित जवाफ पेस भएसँगै आज (आइतबार चैत २२) गतेका लागि पेसी तोकिएको थियो। तर सुनुवाइ नसकिएपछि भोलि (सोमबार)को लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जानकारी गराएकाे छ। 

'आज सुनुवाइ नसकिएपछि भोलिको लागि हेर्दाहेर्दैमा राखिएको छ।', सर्वोच्चका सूचना अधिकारी सहायक प्रवक्ता निराजन पाण्डलेले नागरिकन्युजसँग भने । 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो।  

आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते उनलाई पक्राउ गरेको थियो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीकाे तर्फबाट राधिका शाक्यले चैत १५ गते निवेदन दर्ता गराएकी थिइन्।

१४ गते बिहान पक्राउ परेका ओलीको स्वस्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उनको अस्पतालमै बयान लिने काम भइरहेको छ। 

प्रकाशित: २२ चैत्र २०८२ १७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App