२२ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

नवनियुक्त महान्याधिवक्ता डा. कँडेलले लिए शपथ

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

आइतबार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उनले शपथग्रहण गरेका हुन् ।  

त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, न्यायाधीशहरू र न्याय सेवाका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सिफारिसमा अधिवक्ता डा. कँडेललाई आजै उक्त पदमा नियुक्त गरेका थिए ।

प्रकाशित: २२ चैत्र २०८२ १८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App