पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।
सर्वोच्च अदालतले कारण देखाऊ आदेशपछि विपक्षीबाट लिखित जवाफ पेस भएसँगै आइतबार (चैत २२) गतेका लागि पेसी तोकिएको थियो। तर सुनुवाइ नसकिएपछि भोलि (सोमबार)को लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्चका सूचना अधिकारी सहायक प्रवक्ता निराजन पाण्डलेले नागरिकन्युजलाई जानकारी दिए।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो।
त्यही प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते लेखकलाई पक्राउ गरेको थियो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री लेखकका तर्फबाट यशोदा लेखकले चैत १५ गते निवेदन दर्ता गराएकी थिइन्।
प्रकाशित: २२ चैत्र २०८२ १८:०९ आइतबार





