२२ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

सात दिन भित्र निर्वाचन गर्न एन्फालाई फिफाको पत्र

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई सात दिन भित्र निर्वाचन गर्न विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी)ले पत्र पठाएको छ। 

फिफा र एएफसीले निर्वाचन सुनिश्चित नभए निलम्बन प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत दिएको छ। 

यसअघि चैत १३ गतेका लागि तय भएको एन्फाको ‘अर्ली इलेक्सन’ स्वीकृतिविना नै गर्न लागेको भन्दै राखेपले गत चैत १२ गते एन्फालाई तीन महिनाको लागि निलम्बन गरेको थियो। 

याे निलम्बनलाइ फिफा र एएफसीले सरकारी हस्तक्षेपको रुपमा लिएको जनाएको छ। निलम्बनपछि एन्फाले झापामा तय गरेको निर्वाचन बिचैमा रोकेको थियो। राखेपले एन्फालाई क्लब, जिल्ला, प्रदेशहुँदै तहगत निर्वाचन गरेर केन्द्रीय निर्वाचन गर्न निर्देशन समेत दिँदै आएको थियो। 

प्रकाशित: २२ चैत्र २०८२ १७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App