२२ वैशाख २०८१ शनिबार
image/svg+xml

भक्तपुर ताथलीकी एक महिला सम्पर्कविहीन

उनले आफूले बोक्ने मोबाइल समेत घरमै छोडेर गएकी छन्। एक छोरा एक छोरीकी आमा न्हेम्हाफुकी एकाएक बेपत्ता भएसँगै ताथलीको सौडोलमा सन्नाटा छाएको छ।

कालीगण्डकी करिडोरः काम छाडेर व्यवसायी सम्पर्कविहीन

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत जिल्लामा पर्ने मोदीवेणी–अर्मादी खण्ड अलपत्र बनेको छ। काम छाडेर निर्माण व्यवसायी नै सम्पर्कविहीन बने पनि सो खण्डमा ट्र्याक खोल्ने कार्यसमेत अघि बढ्न नसकेको छैन।

काठमाडौं महानगरका ४४४ संक्रमित सम्पर्कविहीन!

काेराेना रिपोर्ट पोजिटिभ आएका उनीहरू सम्पर्कविहीन भएपछि संक्रमण फैलिने त्रास बढेको हो।

काठमाडौंमा कोरोना पुष्टि हुनेबित्तिकै दुई महिला भागेपछि तनाव !

काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका व्यक्ति सम्पर्कविहीन भएका हुन् ।

कोरोना संक्रमित सम्पर्कविहीन

कोरोना भाइरस संक्रमण देखिएका एकजना विराटनगरका व्यक्ति सम्पर्कविहीन भएका छन् । कोरोना संक्रमित पुरुष मंगलबार विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा ज्वरो आएपछि जचाउन आएका थिए ।

लाङटाङमा बेपत्ता दुई विद्यार्थी मृत फेला

लाङटाङ राष्ट्रिय निकुञ्जमा ११ दिनदेखि हराइरहेका दुई विद्यार्थी सोमबार मृत अवस्थामा फेला परेका छन्। नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घोप्टेफेदीमा हिउँमा पुरिएको अवस्थामा उनीहरूको शव फेला परेको हो।

सुत्केरी गराउन ल्याइएकी महिलाको मृत्यू, श्रीमान सम्पर्कविहीन

सुत्केरी गराउन उदयपुर अस्पताल ल्याइएकी एक महिलाको मृत्यूलगत्तै श्रीमान बेपत्ता भएपछि शव बेवारिसे भएको छ। आइतबार बिहान अस्पताल भर्ना भएकी २६ वर्षीया सरिस्मा बुढाथोकीको सुत्केरी हुनुअगावै मृत्यू भएको तथा श्रीमान प्रेम बुढाथोकी सम्पर्कविहीन भएको अस्पतालले जनाएको छ।

१७ वर्षीया युवती चार दिनदेखि सम्पर्कविहीन

गुल्मीमा एक युवती चार दिनदेखि सम्पर्कविहीन भएकी छन्। जिल्लाको इस्मा गाउँपालिका–५ रजस्थल जाउनडाँडा बस्ने १७ वर्षीया पूजा अर्याल सम्पर्कविहीन भएकी हुन्। मङ्सिर १ गते आइतबार बिहान घरबाट हिँडेकी उनी सोही दिन साँझबाट नै सम्पर्कविहीन भएको परिवारले जनाएको छ।

मेची राजमार्गमा अवरोध कायम, पूर्वी पहाडी जिल्ला सम्पर्कविहीन

मेची राजमार्गअन्तर्गत पाँचथरको पाङ्ग्रे भीरमा खसेको पहिरोका कारण बिहीबार बिहानदेखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन। सडक खुल्न नसक्दा पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रका बासिन्दा ठूलो सास्ती खेप्न बाध्य छन्। फाल्गुनन्द गाउँपालिका–३ स्थित सो स्थानमा पहिरो खस्ने क्रम नरोकिँदा गाडी सञ्चालन हुन सकिरहेको छैन।

सर्लाहीमा डुबान क्षेत्रमा खटिएका सुरक्षाकर्मी नै सम्पर्कविहीन, उद्धारमा समस्या

जिल्लाको दक्षिण–पश्चिम डुबान क्षेत्रमा खटिएका सुरक्षाकर्मी नै सदरमुकाम मलंगवास्थित जिल्ला हेडक्वार्टरबाट सम्पर्कविहीन बनेका छन्।  नेपाल प्रहरीतर्फ प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय जस्ता इकाई एवं सशस्त्र प्रहरीतर्पm बोर्डर आउट पोष्ट सम्पर्कविहीन भएका हुन्।

पाँच महिनादेखि बालक सम्पर्कविहीन

तिला गाउँपालिका–४, जुम्ला साँपुल्ली गाउँका १२ वर्षीय बालक सुरेश शाही पाँच महिनादेखि काठमाडौं मण्डिकाटारबाट सम्पर्कविहीन छन्। उनी कहाँ र कुन अवस्थामा छन् भन्ने कुराको अत्तोपत्तो नहुँदा सुरेशका आमा राज्यलक्ष्मी र बुबा गोरबहादुर अहिले चिन्तित छन्।

१२ यात्रु बोकेको सेनाकाे हेलिकोप्टर इन्डोनेसियामा बेपत्ता

इन्डोनेसियाको एउटा सैनिक हेलिकोप्टर शुक्रबार सम्पर्कविहीन भएको छ। उडेको केहीबेरमै १२ यात्रु बोकेको हेलिकोप्टर एयर ट्राफिक कन्ट्रोल रुमबाट सम्पर्कविहीन भएको अधिकारीहरूले जानकारी दिएका छन्।

तीन वर्षमा डेढ सय बालबालिका हराए

काभ्रेपलाञ्चोकबाट तीन वर्षमा करिब १५० महिला तथा बालबालिका हराएका छन्। सो अवधिमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेलले जनाएको छ। केन्द्रको तथ्याङ्कमा आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्म ३९६ महिला तथा बालबालिका हराएको उल्लेख छ। यसमध्ये १४५ जना फेला परेका छैनन्।

स्वयम्भुका किशोर १३ दिनदेखि सम्पर्कविहीन

त्रिपलजेम बोर्डिङ स्कुल स्वयम्भुमा अध्ययनरत कक्षा ७ का छात्र देवराज लामा (१४) असोज ११ गतेबाट हराएका छन्। बडेगल १५ स्वयम्भु निवासी देवराजका पिता कुमार लामा नेपाल आर्मीमा कार्यरत छन्। बिहान ५ः३० बजे मर्निङ वाकमा निस्केका देवराज एक्कासी घर नआएपछि खोजीकार्य सुरु गरेको उनले बताए।

एक सातादेखि दुई छोरासहित आमा सम्पर्कविहीन

म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटकी एक महिला दुई छोरासहित एक सातादेखि बेपत्ता भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्