१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

स्वयम्भुका किशोर १३ दिनदेखि सम्पर्कविहीन

काठमाडौं– त्रिपलजेम बोर्डिङ स्कुल स्वयम्भुमा अध्ययनरत कक्षा ७ का छात्र देवराज लामा (१४) असोज ११ गतेबाट हराएका छन्। बडेगल १५ स्वयम्भु निवासी देवराजका पिता कुमार लामा नेपाल आर्मीमा कार्यरत छन्। बिहान ५ः३० बजे मर्निङ वाकमा निस्केका देवराज एक्कासी घर नआएपछि खोजीकार्य सुरु गरेको उनले बताए। ‘मेरो बाबु ५ः३० मा वाकमा गएर ७ बजे सम्म कोठामा आइपुग्थ्यो, असोज ११ गते ढिलासम्म नआएपछि प्रहरीमा खबर गरेका हौं’, उनले भने। 

१३ दिनदेखि देवराजको खोजी कार्यमा रहेका पिता कुमारले स्वयम्भु आसपास देबराज जाने प्रत्येक ठाउँमा सोधखोज गरिरहेको बताए। चार जना परिवारमा जेठो सन्तानका रुपमा रहेका देवराज बिहानैबाट हराएपछि परिवारजन निकै तनावग्रस्त छन्। 

कराँते सिक्दै गरेका देवराजले कराँते जान छोडेपछि बुबा कुमारले संगै विहान वाकमा लैजाने गर्थे। उनले भने, ‘१४ दिनको छुट्टीमा घर आएको बेला छोरा (देवराजलाई) स्वयम्भुमा मर्निङवाक गराउने र मन्दिर नजिकै हल्का कसरत गराएर बानी पारेको थिए, पछि आफै एक्लै जान गथ्र्यो।’ 

हराएका बालक देबराज एक्लै वाकमा जान थालेको चार महिना भैसकेको उनले बताए। स्वयम्भुमा मन्दिरमा रहेको सिसी क्यामरा अनुसार ५ः३६ मा सरस्वती मन्दिरमा योग गरिरहेको देखाएको उनले जानकारी दिए। ‘एकपटक बाबुले मलाई नयाँ अंकलले योग सिकाउनु हुन्छ भनेको थियो, कतै त्यहीँ मान्छेले पो ललाई फकाई लगेको हो की?’ उनले आशंका गरे।
देवराजले भेट्ने हरेक मानिस, हरेक ठाउँमा गएर सोधपुछ गरेको उनले बताए। ‘छोरा घर नआएपछि स्वयम्भुको जंगल सबै भौतारिदै खोजे, तर मेरो बाबु भेटिन’, कुमार भक्कानिए। कुमारले काठमाडौं, नुवाकोटमा रहेका सम्पूर्ण आफन्तलाई सोधेपनि देवराजको कतै खबर नपाएको उनले बताए। 

देवराज घरपरिवारसंग सम्पर्कबिहीन भएपछि स्वयम्भु प्रहरी प्रशासनमा गएर रिपोर्ट गरि खोजी कार्य सुरु गरेको उनले बताए। प्रहरी प्रशासनबाट राम्रो सहयोग पाएको उनी बताउँछन्। ‘सबैले सहयोग गरे पनि देबराज कहाँ गएको? के कारणले बेपत्ता भएको भन्ने कारण पत्ता लगाउन गाह्रो भएको छ’, उनले भने। देबराज लामालाई कसैले देखेको खन्डमा (९८६०११८६१०, ९८२३२८९८१८) खबर गरी सहयोग गर्न वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न उनले अनुरोध गरेका छन्। 

प्रकाशित: २३ आश्विन २०७५ १०:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App