८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुर ताथलीकी एक महिला सम्पर्कविहीन

सम्पर्कविहीन भएकी सुनमाया न्हेम्हाफु ।

भक्तपुरको ताथलीकी एक महिला हराएकी छन्। चाँगुनारायण नगरपालिका वडा नं. ९ सौडोलका का ३९ वर्षीया सुनमाया न्हेम्हाफुकी बुधबार विहानदेखि हराएकी हुन्।

बिहीबार विहान घरनजिकैको खेतमा रोपाई गरी घर फर्केकी उनी खाना खाएपछि बाहिर गएकी थिइन्।

उनले आफूले बोक्ने मोबाइल समेत घरमै छोडेर गएकी छन्। एक छोरा एक छोरीकी आमा न्हेम्हाफुकी एकाएक बेपत्ता भएसँगै ताथलीको सौडोलमा सन्नाटा छाएको छ।

स्थानीयहरुले विभिन्न ठाउँमा खोजपड्ताल गरिरहे पनि अहिलेसम्म उनी भेटिएकी छैनन्।

हराएकी सुनमायाको विषयमा प्रहरीमा जानकारी दिइसकेको भए पनि नभेटिएको परिवारले जनाएको छ।

हरियो चप्पल, हरियो रङको सुरुवाल, बुट्टेदार चोलो कुर्ता र रातो सल लगाएकी उनी छातासहित बेपत्ता भएको उनका श्रीमान सुन्दर न्हेम्हाफुकीले बताए।

प्रकाशित: २१ जेष्ठ २०७८ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App