१० मंसिर २०८१ सोमबार
image/svg+xml

सुन तस्करीको विरोधमा मसाल जुलुस प्रर्दशनी (तस्बिर सहित)

राष्ट्रिय युवा संघ नेपालले सुन तस्करी कान्डमा साना भरियालाई मात्र समातेर ठुलालाइ उन्मुक्ती दिने प्रपन्च रचिरहेको भन्दै नारा लगाउदै आज नयाँ बानेश्वरस्थीत कार्यालयबाट मसाल जुलुस निकालेको छ।

अमेरिकाको दबावमा प्रचण्ड सरकारले रविलाई सफाई दियोः मोहनविक्रम

रवि अमेरिकी एजेन्ट भएको कारण अमेरिकाले रविविरुद्ध कुनै कदम नचाल्न सरकारमाथि दबाव दिइरहेको उनको दाबी छ।

मतगणना सुरु गर्न माग गर्दै दोलखामा मसाल जुलुस

मतगणना सुरु गर्न माग गर्दै दोलखामा सत्ता गठबन्धन निकट कार्यकर्ताले बुधबार साँझ सदरमुकाम चरिकोटमा मसाल जुलुस निकालेका छन्।

नागरिकताको विषयलाई गठबन्धन र एमालेले राजनीति गरेः सिपी गजुरेल

निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गरेका हुन्।

एमसीसी विरूद्ध ताप्लेजुङमा मसाल जुलुस

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा हिमाली जिल्ला ताप्लेजुङमा मसाल जुलुस प्रर्दशन गरिएको छ।

जनमत पार्टीले गरुडामा गर्‍यो मसाल जुलुस प्रदर्शन

किसान आन्दोलन गरिरहेको जनमत पार्टीले रौतहटको गरुडामा मसाल जुलुस प्रदर्शन गरेको छ।

पहिरोले मेची राजमार्ग अवरुद्ध

पहिरोले मेची राजमार्गको आधाभन्दा बढी भाग झरेपछि मेची राजमार्ग अवरुद्ध भएको छ। इलाम बजारनजिकैको धोबिधारादेखि कुलधाराबीचमा पर्ने नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) कार्यालयछेउको खोल्सीमा राजमार्ग नै धस्सिएर झरेको हो।

शिक्षकदेखि मुख्यमन्त्रीसम्म

पार्टी विस्तारका लागि गाउँगाउँमा राजनीतिक कक्षा सञ्चालन गर्थे, कार्यकर्तालाई परिवर्तनका निमित्त जुझारु हुन सिकाउँथे। कम्युनिस्ट आदर्श र सिद्धान्त पढाउन गाउँगाउँ पुग्ने केसीको काँधमा राजनीतिक प्रतिस्पर्धामा मसाललाई पास गराउनुपर्ने राजनीतिक कार्यभार थियो।

टोकियो ओलम्पिक: मसाल र्‍यालीमा परिवर्तन

टोकियो सरकारका अधिकारी कोइची ओसाकाबेले आगामी जुलाई ९ देखि हुने ओलम्पिक मसाल र्‍याली राजधानीमा बन्द समारोहका बीच हुने जनाएका हुन्। कोरोना भाइरसको महामारीका कारण उक्त र्‍याली आफ्नो निर्धारित समयभन्दा अगावै आठ दिनका लागि गरिनेछ।

नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश नै सङ्कटमा पर्‍यो : मोहनविक्रम सिंह

नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन्।

आमहड्तालको पूर्वसन्ध्यामा प्रचण्ड-माधव समूहको मसाल जुलुस

नेकपा प्रचण्ड-माधव समूहले विहीबार आव्हान गरेको आमहड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस निकालेको छ। राजधानीको बागबजार क्षेत्रबाट नेकपाका कार्यकर्ताले मसाल जुलुस निकालेका थिए।

मोहनविक्रम सिंहले भने : नेकपा फुटे कहिल्यै उठ्न सक्ने छैन

नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले नेकपामा देखिएको अन्तरसंघर्षप्रति चिन्ता व्यक्त गरेको छ। मसालका महामन्त्री मोहविक्रम सिंहले एक विज्ञप्ति प्रकाशित गर्दै नेकपाको अन्तरसंघर्ष वा त्यसको परिणामस्वरुप देशको राजनीतिमा पर्न सक्ने सम्भावित असरप्रति भएको बताएका छन्।

संशोधनसहित एमसीसी पारित गर्ने नेकपाको निर्णयप्रति मसालको विरोध

नेकपाको स्थाई समितिको बैठकले केही संशोधनहरु सहित एमसीसीलाई संसदद्वारा पारित गराउन गरेको निर्णयलाई नेकपा मसालले विरोध गरेको छ।

वर्तमानका तीन विकल्प

मानिस उद्वेलित छन्। सहरमा फेरि मसाल जुलुस निस्कन थालेका छन्। स्थिरताको आकांक्षाले रन्थमोलमा पारेको अभिशप्त वर्तमान छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अहिलेको सरकार र पार्टीको नेतृत्वले मुलुकलाई अप्ठ्यारो अवस्थामा पु¥याएका छन्। अहिलेकै स्थिति कायम हुने हो भने चाँडै मुलुक अर्को अस्थिरतातर्फ धकेलिने संकेत पर्याप्त देखिन थालेका छन्। स्थिर सरकार बनेपछि जनताले मुलुकको विकासमा कायाकल्प हुन्छ भन्ने अपेक्षा गरेका हुन्। त्यसकारण मागअनुसार मुलुकमा दुईतिहाइ बहुमतको सरकार बनेको छ। सरकार बनेको डेढ वर्षमै सुषुप्त अवस्थामा रहेका सर्वसाधारणले फेरि जाग्नुपर्ने स्थिति आएको छ। बलियो सरकार मुलुकमा शान्ति र लोकतन्त्रका निम्ति हो तर यसका पाइला अधिनायकत्व स्थापनातर्फ उन्मुख हुन थालेका छन्।

नागरिकता विधेयकविरुद्ध तीन दल

अहिले ठूलो सङ्ख्यामा गैरनेपालीले अङ्गीकृत र वंशजका आधारमा नागरिकता लिएको उनीहरुको आरोप थियो। सीमावर्ती क्षेत्रमा त्यस्ता नागरिकता लिने बढी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्