७ वैशाख २०८१ शुक्रबार
राजनीति

संशोधनसहित एमसीसी पारित गर्ने नेकपाको निर्णयप्रति मसालको विरोध

नेकपाको स्थाई समितिको बैठकले केही संशोधनहरु सहित एमसीसीलाई संसदद्वारा पारित गराउन गरेको निर्णयलाई नेकपा मसालले विरोध गरेको छ।

मसालको हालै सम्पन्न केन्द्रीय कार्यालयको बैठकले   एमसीसी नेपालको राष्ट्रियता, सार्वभौमिकता र असंलग्न परराष्ट्र नीतिका विरुद्ध रहेको भन्दै त्यसको कडा शब्दमा विरोध गरेको जनाएको छ। उसले यसलाई पुरै अस्वीकार गर्नु पर्ने मत राखेको छ।  

मसालले एमसीसीको विरोधमा स्वतन्त्ररुपमा आवाज उठाउनसमेत आग्रह गरेको छ। उसले एमसीसीका विरुद्धमा कुनै पनि पक्षद्वारा गरिने आन्दोलनप्रति पुरै समर्थन हुने बताएको छ।  करोना नियन्त्रणको खर्चको दायित्व संघीय सरकारले लिनुपर्ने मसालले बताएको छ। अख्तियारको कार्यप्रणालीप्रति पनि मसालले ध्यानाकर्षण भएको बताएको छ।  

 

 

प्रकाशित: २ आश्विन २०७७ १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App