१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एमसीसी विरूद्ध ताप्लेजुङमा मसाल जुलुस

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा हिमाली जिल्ला ताप्लेजुङमा मसाल जुलुस प्रर्दशन गरिएको छ।

नेकपा माओवादी केन्द्र ताप्लेजुङ जिल्ला समन्वय समितिले फुङलिङ बजारमा मसाल जुलुस प्रदर्शन गरेको हो। 

नगरका विभिन्न भाग परिक्रमा गर्दै अहिले मसाल जुलुस बीरेन्द्रचाेकतर्फ लागेको छ। त्यहाँ माओवादी केन्द्र ताप्लेजुङ जिल्ला समन्वय समिति अगुवा नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

दिउँसो माओवादी केन्द्रको भातृ संगठन वाइसिएल र अनेरास्ववियुले समेत बिरोध प्रदर्शन गरेको थियो।

प्रकाशित: ४ फाल्गुन २०७८ १३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App