म्यादीबाट स्वतन्त्र उम्मेदवार बनेका निवर्तमान शिक्षामन्त्री महाविर पुनले आफ्नो उम्मेदवारीबाट कसैले दु:ख मान्नु नहुने बताएका छन् ।
उनले बेनीमा आयोजित एक कार्यक्रममा आफूसहित १२ जना उम्मेदवार भएको बताउँदै बाँकी ११ जनालाई दु:ख नमान्न सुझाए ।
आफ्नो लागि नभइ देशका लागि आफू उम्मेदवार बनेको पुनको दावी छ । उनले भने, ‘यहाँ म बाहेक ११ जना भाइहरू उम्मेदवार हुनुहुन्छ । तपाईंहरू दु:ख नमान्नुहोस् म ७० वर्ष पार गरेँ यो नै मेरो अन्तिम निर्वाचन हो । देशका लागि केही गर्न आएको छु । तपाईंहरूले पनि साथ दिनुहुोस् ।’
पुनले अर्को निर्वाचनमा आफू ७५ वर्ष पुग्ने भएकाले निर्वाचनमा नजाने बताउँदै एक प्रतिशत सम्भावना भने जीवितै हुने ठट्यौली गरे ।
प्रकाशित: १० माघ २०८२ १५:२० शनिबार





