नेपाली कांग्रेसका सभापति गगन थापाले आफू अहिले घरबारविहीन भए पनि पार्टीभित्र परिवर्तन गर्न लागेको टिप्पणी गरेका छन्। शनिवार काठमाडौंमा रहेका सर्लाहीका युवाहरूको भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।
‘आज म आफै घरबारविहीन छु,’ थापाले भने, ‘म जुन घरमा जन्मिएँ, मेरो पिताजीले बनाएको घरमा हामी आगलागीबाट बचेर आएको हो।’
आफ्ना निजी कुरा भए पनि त्यसको अहिले अर्थ नभएको उनले बताए। ‘यो परिवर्तन हुनुपर्छ। परिवर्तनको सन्देश जसले जहाँ सक्छ लगेर जानुपर्छ,’ थापाले भने। आफू पार्टीभित्र काम गरिरहेकाले पार्टीभित्र परिवर्तन खोजेको उनले दाबी गरे। उनले भने,‘त्यसैले म र मेरो साथीहरूले मेरो पार्टीभित्र परिवर्तन गर्ने कोसिस गरेर अघि बढेका छौँ।’
प्रकाशित: १० माघ २०८२ १५:२२ शनिबार





