२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

कृषिमा बिचौलियाको सिन्डिकेट अन्त्य गर्छौं: बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कृषि क्षेत्रमा रहेको बिचौलियाको सिन्डिकेट अन्त्य गर्दै चितवनलाई पूर्व-पश्चिम तरकारी भण्डारणको मुख्य केन्द्र बनाउने उद्घोष गरेका छन्।

शुक्रबार चितवनमा आयोजित परिवर्तनको उद्घोष कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहले यस्तो बताएका हुन्।

आफू नेपालीहरू सधैँ खुसीले बाँचेको र हाँसेको देख्न चाहने बताउँदै उनले देशको कृषि र पर्यटन क्षेत्रको रूपान्तरणका लागि खाकासमेत प्रस्तुत गरे।

हरेक वर्ष किसानले सडकमा दुध र तरकारी फाल्नुपर्ने दुखद अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिँदै शाहले भने, ‘किसानले सही बजार र सही मूल्य नपाउनुको पछाडि सीमित बिचौलिया र नेताहरूको सिन्डिकेट छ। पारि (भारत) बाट आउने अनुदानको सस्तो तरकारी ल्याएर यहाँका किसानको उत्पादनलाई महँगो देखाउने र किसानलाई मार्ने काम भएको छ। अब यो भ्रम चिर्न जरुरी छ।’

यसको समाधानको उपाय सुझाउँदै उनले नेपालमै उत्पादन भएको सस्तो बिजुलीको प्रयोग गरेर कोल्ड स्टोरहरू निर्माण गर्नुपर्ने बताए।

सिजनको बेला सस्तोमा पाइने तरकारीलाई कोल्ड स्टोरमा भण्डारण गरेर अफ-सिजनमा पनि किसान र उपभोक्ता दुवैलाई उचित मूल्यमा उपलब्ध गराउन सकिने उनको भनाइ छ।

प्रकाशित: १५ फाल्गुन २०८२ १५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App