१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

गोरखा १ : रास्वपाका सुदन गुरुङको अग्रता

गोरखा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुदन गुरुङले अग्रता बढाउँदै लगेका छन्। 

उनले नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीसँगको अग्रता बढाउँदै लगेका हुन्। यो खबर तयार पार्दासम्म गुरुङ खत्रीभन्दा ७७२ मतले अगाडि छन्।  

पछिल्लो मतपरिणाम अनुसार गुरुङले ७ हजार ६८ मत ल्याएका छन्। उनलाई कांग्रेसका खत्रीले ६ हजार २९६ मतसहित पछ्याइरहेका छन्। 

सुरुवातदेखि अग्रता बनाएका गुरुङ र खत्रीबीच टक्कर देखिएपनि अहिले गुरुङले अग्रता बनाए। नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले २ हजार ९३४ मत पाउँदा एमालेका आरसी लामिछानेले १ हजार ४५० पाएका छन् ।

प्रकाशित: २४ फाल्गुन २०८२ १४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App