१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

चुनावमा हुने धाँधली मान्य हुँदैन : एमाले अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकट अन्त्यका लागि निर्वाचनमा जानुपरेको बताएका छन्। 

आज (शुक्रबार) झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बा सँग विद्यार्थी कार्यक्रम’ मा उनले देशमा आइपरेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको बताए। एमाले चुनावबाट नभाग्ने बताउँदै उनले देशभरि पार्टी चुनावमा केन्द्रित भएको बताए। 

चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको भन्दै उनले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने स्पष्ट पारे। उनले युवाहरुलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरु चिर्ने काममा लाग्न आग्रह गरे। 

कार्यक्रममा युवा विद्यार्थीहरुले अध्यक्ष ओलीसमक्ष निर्वाचन र देश विकासबारेका विभिन्न जिज्ञासा राखेका थिए । जिज्ञासा सम्वोधन गर्दै उनले कुनै पनि पार्टीले कस्तो भुमिका निर्वाह गर्छ र के गर्छ भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने भन्दै एमालेका कार्यक्रम र सिद्धान्तहरु जनतासम्म पुर्याउन सुझाव पनि दिएका छन्। 

प्रकाशित: १५ फाल्गुन २०८२ १५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App