१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

टोकियो ओलम्पिक: मसाल र्‍यालीमा परिवर्तन

ओलम्पिक आयोजनाको सहर टोकियोका सार्वजनिक सडकमा ओलम्पिक मसाल र्‍याली गर्ने कार्यक्रम हटाइएको बुधबार आयोजकले जनाएको छ। टोकियो सरकारका अधिकारी कोइची ओसाकाबेले आगामी जुलाई ९ देखि हुने ओलम्पिक मसाल र्‍याली राजधानीमा बन्द समारोहका बीच हुने जनाएका हुन्। 

कोरोना भाइरसको महामारीका कारण उक्त र्‍याली आफ्नो निर्धारित समयभन्दा अगावै आठ दिनका लागि गरिनेछ। ‘हामी प्रत्येक दिन समारोह गर्ने कार्यक्रमलाई अन्तिम दिनमा मात्र गर्नेछौं,’ ओसाकाबेले भने, ‘हरेक दिन धावकको सहभागितामा पनि परिर्वतन रहनेछ।’ पछिल्ला परिवर्तनअनुसार टोकियोका अन्य २३ केन्द्रीय स्थानमा मसाल र्‍याली गर्ने कार्यक्रम पनि प्रभावित हुनेछ।

मानिसहरूको ठूलो भीड रहने स्थानमा कसरी ओलम्पिक मसाल र्‍याली गर्ने भन्नेबारे निर्णय भने लिइएको छैन। जापानका ४७ प्रान्तको भ्रमणपश्चात् उक्त टर्च र्‍याली जुलाई २३ मा नेसनल स्टेडियममा हुने ओलम्पिक उद्घाटन समारोहमा प्रवेश गर्नेछ। तथापि, भाइरसको भयका कारण नियमित रूपमा हुँदै आएको सार्वजनिक सडकमा प्रदर्शन गर्ने कार्यक्रम भने टोकियोमा नहुने भएको छ। एक जनाबाट अर्को व्यक्तिमा ओलम्पिक टर्च हस्तान्तरण गर्ने कार्यक्रम बन्द समारोहका बीच हुनेछन् ।

 महामारीको ठूलो प्रभावका बीच ओलम्पिक सुरु हुनुभन्दा केही हप्ता अगाडि मात्र यस किसिमको निर्णय आएका छन्। टोकियो र अन्य केही स्थानमा हुने ओलम्पिक टर्च र्‍यालीमा सर्वसाधारणको सहभागिता रद्द भएका छन्। महामारीका कारण प्रभावित जापान विज्ञहरूले पनि यस कार्यक्रमलाई बन्द समारोहका बीच गर्न सुझाएका थिए । टोकियो आएका युगाान्डा ओलम्पिक डेलिगेसनका दुई सदस्यमा कोरोना पोजिटिभ भेटिएपछि आयोजकले छिट्टै देश प्रवेशमा पनि पुनर्विचार गरेको छ। यदि टोलीका कुनै सदस्य संक्रमित भए सबै टोली नै क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान राखिएको छ। 

कडा लकडाउनको रणनीति नअपनाइएको जापानमा महामारीको प्रभाव सामन्य अवस्थामा नै छ। जापानले पछिल्लो समय भ्याक्सिनको कार्यक्रमलाई पनि तीव्रता दिइरहेको छ। गत महिना सरकारले स्वास्थ्य संकटकालको नीति लिएको थियो। अझै पनि टोकियो र अन्य ६ सहरमा जुलाई ११ सम्मका लागि आंशिक रूपमा संकटकालको नीति लिएको छ। सञ्चारमाध्यमका विभिन्न रिपोर्टअनुसार टोकियो कोरोना भाइरस संक्रमण बढ्न थालेपछि आंशिक रूपमा संकटकालको नीति ओलम्पिक गेमसम्म लम्ब्याइन सकिने बताइएको छ।

प्रकाशित: १७ असार २०७८ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App