४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

खोप लगाएकामा कोरोनाको असर कम

सरकारले कोभिड १९ विरुद्धको खोप अभियान तीव्र बनाउन सकेमा कोरोनाको असर कमभन्दा कम मात्रामा पर्ने चिकित्सकहरूले बताएका छन्। ‘कति खोप कभरेज गर्न सकिन्छ, त्यही अनुसार असर कति पर्छ भन्ने कुरा निर्धारण हुन्छ ’ पुनले भने।

ताप्लेजुङका विद्यालय बन्द नहुने, माघ ४ बाटै विद्यालय खोल्न पालिकाको उर्दी

कार्यपालिकाको बैठकले अहिले तत्काल विद्यालय बन्द गर्न आवश्यक नदेखिएको ठहर गर्दै माघ ४ गतेबाट नियमित र पूर्ववत अवस्थामै विद्यालय सञ्चालन हुने पालिका अध्यक्ष विश्वनाथ सिटौलाले जानकारी दिए।

बेवास्ता गर्दा ह्वात्तै फैलियो कोरोनाः विज्ञ

नेपालमा कोरोना संक्रमण तेस्रो लहरतिर उन्मुख भएको विज्ञले औंल्याएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको पे्रस ब्रिफिङमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्यविद् डा. जनक कोइरालाले यस्तो संकेत गरेका हुन्।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि धरानको दुईवटा वडामा सेवा बन्द

एक सातायता धरानमा भएका भिडभाडका कार्यक्रमहरुले संक्रमण फैलाउन भूमिका खेलेको अनुमान गरिएको छ।

७८ प्रतिशत नमुनामा डेल्टा भेरिएन्टः सुरक्षित रहन चिकित्सकको सुझाव

छिमेकी राष्ट्र भारत तथा विश्वका अन्य राष्ट्रमा ओमिक्रोन फैलिएसँगै नेपालमा पनि यो भेरिएन्ट फैलिएको आशंका गरिएको छ। तर यसबारे स्पष्ट हुन थप जिन सिक्वेन्सिङ गरेर हेर्न आवश्यक भएको कोभिड १९ उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

कोरोना संक्रमण बढ्दै गएपछि बाँके प्रशासनको चार बुँदे आदेश

आदेश अनुसार सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यकम तथा मेला, महोत्सव आयोजना गर्न रोक लगाइएको छ।

माघ १५ सम्म विद्यालय बन्द

मन्त्रालयमा सोमबार बसेको सचिवस्तरीय निर्णयले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबारको सिफारिसलाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको मन्त्रालयको प्रवक्ता दीपक शर्माले जानकारी दिए।

तत्कालै लकडाउन नहुने

समितिको निर्णयअनुसार सार्वजनिक स्थानमा सबै प्रकारका राजनीतिक तथा सामाजिक क्रियाकलापमा धेरैको उपस्थिति हुनेगरी कार्यक्रम गर्ने, गर्नैपर्ने कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र गर्ने, भेला तथा महोत्सव आयोजना नगर्नेगरी गृहले सिफारिस पठाउनुपर्नेछ।

कोरोना संक्रमणदर ९.५ प्रतिशत पुग्यो

शनिबारको तुलनामा आइतबार एकै दिन २ प्रतिशतले संक्रमणदर वृद्धि भएको तथ्यांकले देखाएको छ। गत २४ घण्टामा परीक्षण भएका कुल १२ हजार ६ सय ६२ वटा नमुनामध्ये ११ सय ६७ जनामा कोरोना पुष्टि भएको छ।

थप ९ सय ४४ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६ हजार १४० पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन।

अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द

नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि भारतबाट औपचारिक भ्रमण सुरु हुने विगतको परम्परा भए पनि पछिल्लोपटक देउवा प्रधानमन्त्री भएको पाँच महिनाभन्दा बढी भइसक्दा पनि भारत भ्रमण हुन सकेको छैन।

प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण

प्रदेशमा शनिबार ७ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ सय २ रहेको मन्त्रालयले जनाएको छ।

थप २९० जनामा कोरोना संक्रमण, ३ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।

२७४ जनामा संक्रमण, ३ जनाको मृत्यु

सो अवधिमा २७० जना कोरोना संक्रमणमुक्त भएको र ३ जनाको निधन भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्