२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

थप ९ सय ४४ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

पछिल्लो २४ घण्टामा देशभर थप ९ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ६२ पीसीअर परीक्षण गर्दा ६ सय ९६ र ३ हजार ५०२ एन्टिजेन परीक्षणमा २ सय ४८ जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६ हजार १४० पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन।

सोहीक्रममा २ सय ९७ जना कोरोना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: २४ पुस २०७८ १०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App