coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण भएको छ। १ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङमा ५, सुनसरीमा ४, झापामा २ र इलाममा १ जनामा संक्रमण देखिएको हो। मोरङको विराटनगरमा ४ र मिक्लाजुङमा १, सुनसरीको इटहरीमा ३ र स्थानीय तह नखुलेका १, झापाको भद्रपुर र झापा गाउँपालिकामा १–१ र इलामको इलाम नगरपालिकामा १ जनामा संक्रमण देखिएको हो।

प्रदेशमा शनिबार ७ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ सय २ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १० पुस २०७८ १२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App