८ आश्विन २०८१ मंगलबार
image/svg+xml

करमा सहुलित तथा ऋण उपलब्ध गराउन निर्देशन

संसदको विकास तथा प्रविधि समितिले कोभिड–१९ का कारण सार्वजनिक यातायात व्यवसायीको लगानी डुब्ने अवस्था सिर्जना भएकाले सहुलियत कर तथा बैैंकको ऋणको ब्याजदरमा पुनर्तालिकीकरण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

व्यवसायीको ढोकामा पुगेर सिडिओले भने : ‘सामाजिक दुरी कायम गरिदिनुस’

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा माइकसहित सुरक्षाकर्मी साथमा लिएर खलंगाबजारमा निस्किएपछि धेरैले निषेधाज्ञा जारी हुने अड्कल काटे ।

भ्रमण वर्ष लक्षित लगानी, बालुवामा पानी !

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित सरकारले सन् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ मनाउने निर्णय तीनवर्ष अघि गरेको थियो । वर्षमा मुस्किलले १० लाख विदेशी पर्यटक भित्रिरहेको बेला सरकारले दोब्बर संख्यामा पाहुना भित्र्याउने घोषणा गर्दा व्यवसायी खुसीले हौसिए । पर्यटन व्यवसायीहरू नेपाल भ्रमण वर्षमा प्रयाप्त पर्यटक आउने भनेर खुसी मात्र भएनन् की सरकारले आव्हान गरे बमोजिम व्यवसायमा लगानी थप्न तयार पनि भए ।

रसुवाका होटल तथा पर्यटन व्यवसायीलाई मासिक ६ करोड ७८ लाख घाटा

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण होटल तथा पर्यटन व्यवसाय पूर्ण रूपमा ठप्प भएको छ । अन्य व्यवसाय जसोतसो चलिरहेको भए पनि होटल तथा पर्यटन व्यवसाय गएको चैत महिनादेखि नै बन्द छ ।

मापदण्ड पालना गरेर मात्रै व्यापार गर : महासंघ

विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको सुरक्षासम्बन्धी न्यूनतम् मापदण्ड पालना गरेर मात्रै उद्योग व्यवसायहरु सञ्चालन गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले आफू मातहतका व्यवसायीलाई आग्रह गरेको छ।

कोभिड–१९ प्रभावित व्यवसायीलाई करमा सहुलियत दिइने

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम मार्फत कोभिड–१९ को कारणले प्रभावित भएका महानगरभित्रका संचालित होटेल, रेष्टूराँ, सपिङ्गमलहरु, डे/नाइट मार्केट लगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति अघि सारेको छ।

होटल व्यवसायीका लागि राहतको प्याकेज ल्याउन माग

होटल व्यवसायी संघ खोटाङले लकडाउन अवधिको विभिन्न किसिमको कर छुटको माग गरेको छ। तीन महिनादेखि जारी लकडाउनका कारण जिल्लाका होटल व्यवसायी, होटल व्यवसायका क्षेत्रमा संलग्न कर्मचारी र मजदुरलाई आर्थिक संकट भएको भन्दै संघले प्रधानमन्त्री तथा १ नम्बर प्रदेशका मूख्यामन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै राहतको प्याकेज ल्याउन आग्रह गरेको हो।

रसुवागढी नाका खोल्न व्यवसायीले पहल थाले

करिब ५ महिनादेखि बन्द अवस्थामा रहेको रसुवागढी नाका खुलाउन व्यवसायीले पहल थालेका छन् । हालसम्म तिब्बतमा कोरोना नदेखिएको र नाका सञ्चालन गर्दा नकरात्मक असर नपर्ने भन्दै जिल्लामा रहेका व्यवसायीले नाका खुलाउन पहल थालेका हुन् ।

बजार खोल्ने कि बन्द गर्ने ?

ललितपुर र काठमाडौं महानगरपालिकाले व्यवसायीहरूलाई दिनभरी पसल खोल्न र विस्तारै व्यवसाय अघि बढाउन आग्रह गर्दै आइरहेको छ । तर जनप्रतिनिधिलाई सोधेर उच्च सावधान अपनाएर सटर खोल्न सुरु गरेका पनि प्रहरीले भने संक्रमण बढेको भन्दै जारी लकडाउनलाई कडा गर्ने नीति लिनथालेको छ । व्यापारिक केन्द्र न्युरोडमा प्रहरी र व्यवसायीबीच यही कारणलार्ई लिएर मंगलबार झडप नै भयो ।

टेन्टको माग अत्यधिक बढ्यो

कोरोना भाइरसको त्रास र लकडाउनका कारण लामो समयसम्म बन्द भएर व्यापार व्यवसाय पुनः सञ्चालन हुन थालेपछि टेन्टको माग ह्वात्तै बढेको छ ।

लकडाउनले रुनु न हाँस्नु बनायो

बन्द व्यवसायले मुनाफा दिँदैन तर घरभाडा र बैंकको व्याज भने पाकिरहन्छ । जति लामो बन्द भयो त्यति अवस्था कमजोर हुँदै जान्छ ।

लकडाउनले नछोएको चदरा व्यवसाय

लकडाउनका कारण अहिले अधिकांश व्यापार व्यवसाय ठप्प छ । तर, खोटाङको केपीलासगढी गाउँपालिका–७ सुंदेलका कृष्णबहादुर बिश्वकर्माको चदरा व्यवसाय भने निरन्तर चलिरहेको छ । सुंदेल पुछारमा पर्ने रावा खोला किनारमा टहरा बनाएर बिश्वकर्माले काठका विभिन्न किसिमका आकर्षक भाँडाकुँडा निर्माण गरिरहेका छन् ।

व्यवसायीलाई चार महिनाको भाडा छुट दिने नगरपालिकाको निर्णय (अपडेट)

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनको मारमा परेका विभिन्न व्यवसायीलाई चार महिनाको शुल्क तथा भाडा छुट गर्ने निर्णय गरेको छ ।

व्यवसायीद्वारा आन्दोलनको चेतावनी

राष्ट्रिय उद्योग व्यापार महासंघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले आन्दोलनमो चेतावनी दिएका छन्। नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले सवै करदाताहरुलाई सूचित गर्दै बुझाउनुपर्ने कर तुरुन्त बुझाउन गरेको सूचना शंसोधन गरी असोज मसान्तसम्म विस्तार नगरे आन्दोलनको चेतावनी दिइएको हो।

व्यवसाय सुचारु गर्न पाउनु पर्ने माग गर्दै वीरगन्जका व्यवसायी सडकमा

वीरगन्जमा लडकडाउनले आजित ब्यवसायी सडकमा उत्रिएका छन्। म्याद थप्दै लकडाउन लम्बाउँदै जाने तर अन्य वैकल्पिक उपाय नचालेकोमा उनीहरु असन्तुष्ट रहँदै आएका थिए। सोमवार साँझ भने वीरगन्ज्का ब्यवसायी सडकपेटीमा प्लेकार्ड सहित प्रदर्शनमै उत्रिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्