८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

होटल व्यवसायीका लागि राहतको प्याकेज ल्याउन माग

राहतका प्याकेज ल्याउनका लागि सहायक प्रमुख जिल्ला अधिकारी श्याम राईलाई ज्ञापनपत्र बुझाउँदै होटल व्यवसायी संघका अध्यक्ष जेपी राई (वायाँ) । तस्बिर : नागरिक।

होटल व्यवसायी संघ खोटाङले लकडाउन अवधिको विभिन्न किसिमको कर छुटको माग गरेको छ। तीन महिनादेखि जारी लकडाउनका कारण जिल्लाका होटल व्यवसायी, होटल व्यवसायका क्षेत्रमा संलग्न कर्मचारी र मजदुरलाई आर्थिक संकट भएको भन्दै संघले प्रधानमन्त्री तथा १ नम्बर प्रदेशका मूख्यामन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै राहतको प्याकेज ल्याउन आग्रह गरेको हो।

 होटल व्यवसायीले राज्य तथा स्थानीय सरकारबाट कार्ययोजना बनाएर लकडाउनको समय अवधिको विजुलीको बिल, खानेपानीको बिल, स्थानीय सरकार तथा राज्य सरकारलाई तिर्नुपर्ने विभिन्न किसिमका कर तथा नविकरण शुल्क छुट गराउन आग्रह गरेको हो।  होटल व्यवसायी संघका अध्यक्ष जेपी राईले सहायक प्रमुख जिल्ला अधिकारी श्याम राईमार्फत बुझाएको ज्ञापन–पत्रमा भ्रमण वर्ष सफल बनाउनका लागि सेवा सुविधा थप गर्न बैंक तथा वित्तीय संस्थाबाट अनुदान लिएका दिक्तेलबजार, हलेसी लगायतका ठाउँका होटल व्यवसायी आर्थि संकटबाट गुज्रेको भनिएको छ।

 होटल व्यवसायीले घर भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई ५० प्रतिशत भाडा र घर वहाल कर छुटको व्यवस्था गर्न, होटल व्यवसायी, कर्मचारी र मजदुरलाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट सामाजिक सुरक्षाकोष वा अन्य श्रोतबाट आर्थिक प्याकेजको व्यवस्था मिलाउन लगायतका ७ बुँदे माग राखेका छन्।  

यस्तै, बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर लगानी गरेका होटल व्यवसायी लकडाउनका कारण व्याज तथा मासिक कर्जा तिर्न नसक्ने अवस्थामा पुगेका कारण ५० प्रतिशत व्याज छुट गराइ कम्तीमा एक वर्षसम्म व्याज तथा मासिक किस्ता तिर्न नपर्ने व्यवस्था मिलाउन, पुःन व्यवसाय सञ्चालनका लागि तीन वटै तहका सरकारबाट सहुलियत व्याज दरमा बैंकिङ कर्जाको व्यवस्था मिलाउन माग गरिएको छ।  

प्रकाशित: १ असार २०७७ ११:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App