८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

व्यवसाय सुचारु गर्न पाउनु पर्ने माग गर्दै वीरगन्जका व्यवसायी सडकमा

वीरगन्जमा लडकडाउनले आजित ब्यवसायी सडकमा उत्रिएका छन्। म्याद थप्दै लकडाउन लम्बाउँदै जाने तर अन्य वैकल्पिक उपाय नचालेकोमा उनीहरु असन्तुष्ट रहँदै आएका थिए। सोमवार साँझ भने वीरगन्ज्का ब्यवसायी सडकपेटीमा प्लेकार्ड सहित प्रदर्शनमै उत्रिए।

लकडाउनका कारण व्यवसाय धन्दा नहुँदा आजित भएका वीरगन्जका खुद्रा व्यवसायी आ–आफ्नो व्यवसाय चलाउन पाउनु पर्ने माग गर्दै सोमवार सडकमा उत्रिएका हुन। वीरगञ्जको घण्टाघर, माइस्थान र महावीरस्थान लगायत क्षेत्रमा व्यवसायीले प्रदर्शन गरे। सरकारले लकडाउन लम्ब्याउने काममात्र गरेको समाधान दिन नसकेको भन्दै व्यवसायीले गुनासो गरे।

झण्डै अढाई महीनामा सरकारले लकडाउनको निकास दिन नसक्दा व्यवसाय धन्दा खतम भएको माइस्थानमा प्लेकार्ड लिएर उभिएका ब्यवसायीले बताए। पछिल्लो पटक लकडाउन जेठ ३२ सम्मका लागि लम्ब्याइएपछि नै प्रतिक्रिया समाजिक संजालमा देखिन थालेको थियो। ‘सरकारले पिसिआर परीक्षणको ब्यवस्था आवश्यक्त अनुसार नगरेको कारण समस्या भइरहेको छ, वीरगन्जमा भएको कोरोना जाँच्ने ल्याव किट नहुँदा बन्द भएको छ, यता बजार बन्द राखेर संक्रमण रोकिन्छ र ?,’ बजार मात्र बन्द गरेर कोभिड–१९को संक्रमण नियन्त्रण नहुने तर्क गर्दै एक व्यवसायीले भने, ‘लकडाउन लम्ब्याएर व्यवसायीलाई र सर्वसधारणलाई समस्यामा पारिएको छ, अभावले मानिसहरु भोकमारीको मुखमा पुग्न थालिसके।’

‘मँ आफै पनि खुद्रा ब्यवसायी हुँ, त्यस कारण ब्यवसायीहरु बजार बन्दले पीडित हुनुहुन्छ भन्ने कुरा आफै भुक्तभोगी भएकोले मलाई थाहा छ,’ वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाले भने, ‘लकडाउनले गर्दा समस्या भोगिरहेको उद्योग ब्यवसाय क्षेत्रलाई खोल्ने सन्दर्भमा उद्योगमन्त्री, उद्योग सचिव, उद्योग बाणिज्य महासंघमार्फत अन्य ठाउँमा र जिल्ला स्तारमा स्थानीय प्रशासन र प्रहरीसंग हामी छलफलमा छौं।’ उनले विकल्प नखोजिए अर्थ बाणिज्य क्षेत्रमा समस्या बढ्दै जाने बताए।

‘बजार अन्य सहरहरुमा पनि खोल्ने कुरा सर्वपक्षीय सर्वदलीय सहमति भएको कुरा आएको छ, वीरगन्जमा पनि यसको लागि एउटा मोडालिटी बनाएर अगाडि बढ्ने कुरा भएको छ,’ अध्यक्ष केडियाले थपे। बजार बन्द रह्दा पसल तथा ब्यपारिक फर्मको भाडा, बैंकको ब्याज, कामदारको पारिश्रमिक, समान बस्तुको म्यादमा ह्रास लगायतका बढिरहेकोमा त्यस सम्बन्धी कुनै सहुलियत वा छुटको कुरा समेत नगरेको सरकारले लकडाउन मात्र लादेको ब्वयसायिहरुको ठहर छ। मंगलार साँझ सबै विषयमा वीरगन्ज उद्योग वाणिज्य संघमा सर्वपक्षीय बैठक राखिएको केडियाले बताए।

 

प्रकाशित: २० जेष्ठ २०७७ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App