९ आश्विन २०८१ बुधबार
image/svg+xml

‘राजस्व छल्न सेवा शुल्क हटाइएको हो’

उपभोक्ताको चाहना विपरीत रेस्टुरेन्टको बिलमा उठाइँदै आएको १० प्रतिशत सेवा शुल्क हटाउने पर्यटन व्यवसायीको निर्णय कर छली गर्न भएको मजदुरले आरोप लगाएका छन्। रेस्टुरेन्ट व्यवसायीको छाता संस्था रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराले उठाउँदै आएको १० प्रतिशत रकम केही दिनअघि नउठाउने निर्णय गरेको थियो।

रोकिएन सुनकोसी दोहन

व्यवसायीले सुनकोसी नदीबाट जथाभाबी बालुवा र ढुंगा उत्खननलाई तीव्रता दिएका छन्। जथाभाबी सुनकोसी नदी दोहनका कारण एसियाकै पर्यटकीय राजमार्गका रूपमा चिनिएको बिपी राजमार्ग जोखिममा परेको छ। यही राजमार्गको किनार भएर सुनकोसी बग्छ। सुनकोसीमा सिन्धुली र रामेछापका व्यवसायीले मनपरी ढंगले डोजर चलाएर बालुवा र ढुंगा निकालिररहेका छन्।

व्यवसायी आन्दाेलित

बैंकहरूको लगातारको चर्को ब्याजदरले लागत बढेर प्रतिस्पर्धात्मक क्षमता गुमेको भन्दै उद्योगी–व्यवसायी ब्याज घटाउन माग राख्दै सडकमा उत्रिएका छन्। सरकारले उद्यमी–व्यवसायीमैत्री वातावरण बनाएको भनेर दाबी गरिरहेका बेला चर्को ब्याजदरले व्यवसाय थलिएको भन्दै उनीहरू सडक आन्दोलनमा आएका हुन्।

व्याज घटाउन व्यवसायीको माग

बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर बढाउँदा उद्योगी व्यवसायी मारमा परेका छन्। उद्योगी व्यवसायीरुले निजी तथा वाणिज्य बैंकहरुबाट लिएको ऋणमा सातदेखि १४ प्रतिशतसम्म व्याजदर बढाउँदा व्यवसायी मारमा परेका हुन्।

वर्षातले करोडौंको इँटा नष्ट

रुपन्देहीमा बुधबार र शुक्रबार परेको पानीका कारण लाखौं काँचो इँटा नष्ट भएका छन्। लुम्बिनी इँटा उद्योग व्यवसायी संघ रुपन्देहीका अनुसार पानीले जिल्लाका अधिकांश उद्योगका काँचो इँटा नष्ट भएका छन्।

वैज्ञानिक भाडादार कायम गर्न ट्याक्सी व्यवसायीको माग

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले ट्याक्सीको वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन्। ट्याक्सी व्यवस्थापन विषयमा बिहीबार भृकुटीमण्डपमा भएको बृहत् अन्तरक्रिया कार्यक्रममा सो माग गरिएको हो।

लगानीमैत्री कानुन दुई महिनाभित्र

उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले करिब दुई महिनाभित्र औद्योगिक व्यवसाय ऐन, वैदेशिक लगानी ऐन संसदबाट पारित भएर मुलुकमा औद्योगिक लगानीको वातावरण सिर्जना हुने बताएका छन्।

औषधि उद्योगमा ४० अर्ब नयाँ लगानी

सरकारले व्यवसायीलाई सहयोग पुर्‍याउने नीति अगाडि सारेपछि औषधि उद्योगमा निजी क्षेत्रले करिब ४० अर्ब रुपैयाँ थप लगानी गर्ने भएका छन्।

महाकुलुङमा कृषि मेला

पछिल्लो समय कृषकलाई व्यवसायिकतातर्फ उन्मुख गराउनका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट कृषि मेलाको आयोजना गर्ने र उत्पादनको आधारमा पुरस्कृत गर्ने क्रम बढ्दै गएको छ। यहि संस्कारलाई पछ्याउँदै महाकुलुङ गाउँपालिकाले पनि गत शुक्रबार पेल्माङमा कृषि मेला आयोजना गरेको थियो।

ठूला व्यवसायीलाई हिमाल दिन चलखेल भएको आरोप

संघीय सरकारले ल्याउन लागेको संघीय पर्यटन विधेयक, ०७५ मा हिमचुलीको अनुमति तथा सञ्चालन जिम्मा निजी क्षेत्रलाई दिन चलखेल भएको भन्दै सरोकारवालाबाट विरोध भएको छ। निश्चित व्यक्तिको दबाबमा ठूला व्यवसायीलाई हिमचुली जिम्मा लगाउने गरी कानुन बनाउन लागेको भन्दै विरोध भएको हो।

सिआइजे प्रतिवेदनको सत्यतामाथि बहस

विदेशमा नेपालीले ५२ अर्ब रुपैयाँ राखेको खोज पत्रकारिता केन्द्र (सिआइजे) ले सार्वजनिक गरेको रिपोर्टप्रति आधा दर्जन उद्योगी व्यवसायीले चुनौती दिएपछि यसको सत्यतामाथि बहस सुरु भएको छ। अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आइसिआइजे) ले उपलब्ध गराएको विवरणमा सिआइजेले एक वर्ष लगाएर अनुसन्धान गरी ‘नेपालिक्स,२०१९’ प्रतिवेदन माघ २ मा सार्वजनिक गरेको थियो।

वित्तीय पारदर्शीता कायम गर्न भूमिका खेल्छौं

इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गरेका आनन्दराज शर्मा वाग्ले करिब एक दशकदेखि चार्टर्ड एकाउन्टेन्ट व्यवसायमा संलग्न छन्।

विरोधाभासपूर्ण कदम

सरकारले उपत्यकामा चल्दै आएका ट्याक्सी व्यवसायीको दबाबमा परेर प्रविधिमा आधारित यातायात सेवा दिइरहेका ‘टुटल’ र ‘पठाओ’ सेवालाई बन्द गर्नु आलोच्य विषय हो। एकातिर सरकारले स्मार्ट सिटी बनाउँदै डिजिटल नेपाल बनाउने उद्घोष गरिरहेका बेला प्रविधिमा आधारित व्यवसाय बन्द गर्नु विरोधाभासपूर्ण कदम हो। यसले सरकारी निकायको अर्काे दोहोरो चरित्रलाई उजागर गरेको छ।

ट्याक्सी व्यवसायीको दबाबमा टुटल र पठाओ बन्द

सरकारले स्मार्ट सिटी बनाउँदै डिजिटल नेपाल बनाउने उद्घोष गरिरहेका बेला नयाँ सञ्चार प्रविधिमा आधारित व्यवसाय भने बन्द गरको छ। उपत्यकामा चल्दै आएका ट्याक्सी व्यवसायीको दबाबमा परेर ट्राफिक प्रहरीले नौलो प्रविधिमा आधारित यातायात सेवा दिइरहेका टुटल र पठाओ सेवालाई बन्द गरेको छ।

पृथ्वीसुब्बा, यौन बजार र बैंककको अनुभव

थाइल्यान्डको बैंकक सहर र पटायाबीचका यौन व्यवसाय तथा मसाज गर्ने ठाउँहरू र त्यसमा संलग्न मानिसहरू देख्दा लाग्छ, पूरै सहरभरिका सबै मानिस यस्तै हुँदा हुन्, तर त्यसो होइन रहेछ। पर्यटनका माध्यमले विकास गर्न सकिन्छ र पर्यटक पाउरोटी टोक्दै सहरका गल्लीहरूमा लुखुर लुखर हिँड्नका लागि मात्र आउँदैन बरु वर्षमा एकचोटि आफ्ना जीवनका मूल आदर्शहरूसँग खेलबाड गर्न र अर्कै संसारमा हराउन चाहन्छ भन्ने कुरा थाइल्यान्डले आत्मसात् गरेको रहेछ र त्यहीअनुसारको मेनु बनाएको रहेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्