३० वैशाख २०८१ आइतबार
image/svg+xml

खोटाङका लागि यूकेमा ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान

कोभिड–१९ को महामारी फैलिरहेकाबेला खोटाङ सेवा समाज यूकेले खोटाङका लागि ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान थालेको छ ।

अधिकांश हत्या घटनामा आफन्तकै संलग्नता

प्रदेश २ प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले नागरिकसँग भने, ‘पैसा कमाउने धुनमा जघन्य अपराध घटाउन उद्यत् यस घटनाले मानवतामाथि नै प्रश्न खडा गरेको छ। सामान्य मानिसको दिमागले यो हदसम्मको अपराध घटाउन सक्दैन। यो व्यावसायीक आपराधिक दिमागको उपज हो।’

भागरथी भट्टको शव आफन्तले बुझे

बलात्कारपछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय, बैतडीमा शुक्रबार भएको छलफलपछि आफन्तले जिल्ला अस्पताल, बैतडीको शवगृहमा रहेको शव बुझेका हुन् । उनको दशरथचन्द नगरपालिका–६ सेराको महाकाली नदीमा अन्तिम संस्कार गरिन लागेको भागरथीका दाई केशव भट्टले बताए ।

नेता–कार्यकर्ता सडकमा, नियुक्ति खाने बिचौलिया

नेकपाभित्र हजारौं नेता–कार्यकर्ता सक्षम हुँदाहुँदै सरकारले भने छानीछानी बिचौलिया, मन्त्रीका आफन्त तथा नेताका पारिवारिक सदस्यलाई नियुक्ति दिइरहेको छ । सरकार सञ्चालन गरेको दुई वर्ष यता दर्जनौं यस्ता नियुक्ति भएका छन् जुन विवादमा तानिएका छन् ।

लठ्याउने सुई लगाई आफन्तबाटै बेचिइन् बालिका

बान्ता नआउने औषधि भनेर लठ्याउने सुई लगाई १५ वर्षीय बालिका आफन्तबाटै बेचिएको खुलासा भएको छ।

रक्सी पिएर खुकुरी प्रहार, श्रीमती र आफन्त घाइते

खुकुरी  प्रहार गरेर श्रीमती र पाहुना आएका आफन्तलाई सख्त घाइते बनाएको आरोपमा म्याङलुङ नपा ९ बस्ने बर्ष ५० का रमेश रसाइलीलाई मंगलबार प्रहरीले  पक्राउ गरेको छ।

दुई विद्यार्थीको मृत्यु प्रकरणः क्षतिपूर्तिको माग गर्दै आफन्तको प्रदर्शन

खोटाङमा खोलाको दहमा डुबेर ज्यान गुमाएका दुई विद्यार्थीका आफन्तले दिक्तेल बजारमा जुलुस निकालेको छ।

आफन्त नै ह्रिंसक

प्रहरीका अनुसार प्रायः परिवारभित्रैका हत्या घटनामा रक्सी र लागुऔषध सेवनको उन्माद, बेमेल, वैदेशिक रोजगारी, व्यक्तिगत स्वार्थ, आर्थिक मामिला, व्यक्तिगत चरित्रमाथि हावी हुन खोज्ने प्रवृत्ति कारक देखिएका हुन्। पति–पत्नीले एकअर्काको चरित्रमाथि आशंका गर्दा त्यसले हत्या र आत्महत्यासम्म निम्त्याउने गरेको छ।

आफन्तबाटै बलात्कृत हुन्छन् बालिका

अर्घाखाँचीको सन्धीखर्क नगरपालिका डिभर्ना अमिलेका ६५ वर्षीय हजुरबुबाले फागुन ३ मा आफ्नै पाँच वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परे। हजुरबुबाले घरमा कोही नभएको मौकामा नातिनीमाथि बारम्बार जबरजस्ती करणी गर्दै आइरहेको खुल्यो। बालिकाको आमाले उजुरी गरेसँगै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आरोपी हजुरबुबालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। – मालिका गाउँपालिका ५ म्याग्दीका ५३ वर्षका एक बावुले आफ्नै १२ वर्षीया छोरीको बलात्कार गरेको आरोपमा भदौ ९ मा पक्राउ परे। बाबुले घरमा कोही नभएको मौकामा छोरीलाई पटक–पटक बलात्कार गर्ने पीडित बालिकाले प्रहरीमा उजुरी दिइन्। छोरीको जाहेरीपछि बलात्कार आरोपी बावुलाई म्याग्दी प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको छ।

चिकित्सकको लापरवाहीले बालकको मृत्यु, अस्पतालमा तोडफोड, प्रहरीद्वारा हवाई फायर

झापाकाे एक अस्पतालमा उपचारको लागि ल्याइएका बालकको चिकित्सकहरुकाे लापरवाहीको कारण मृत्यु भएको छ। बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटलका चिकित्सक र नर्सको लापरबार्हीका कारण दुई वर्षीय बालकको मृत्यु भएको आफन्तहरूले आरोप लगाएका छन्।

जब मृत्यु नाच्यो

कसैको मृत्यु उसका आफन्तका लागि पीडादायी हुन्छ। किनकी उसको मृत्युमा आफन्त बिलौना गर्छन्। तर स्वयं मृत्युका लागि मृत्यु कस्तो होला ? यो कल्पना भन्दा बाहिरको कुरा हो। मृत्युको यो भोगाई केबल मृत्युलाई मात्र थाहा हुन्छ। राजधानीको नयाँवानेश्वरस्थित थापागाउँमा रहेको कुन्ज थिएटरमा आइतबार अलिक फरक दृश्य देखियो। अनुहारमा कालो र सेतो रंग पोतेर कालो वस्त्रमा देखिएका दुई महिला र दुई पुरुष आफूलाई ‘मृत्युको कामदार’का रुपमा चिनाउँदै नाचिरहेका थिए।

आफन्तबाटै असुरक्षित छन् महिला

केही महिनाअघि खोटाङकी भानुमती राई (परिवर्तित नाम) जेठाजुबाटै बलात्कृत भइन्। तर घटना गुपचुप राखिएन। पीडितले प्रहरीमा उजुरी दिएपछि बलात्कारी जेठाजु कारबाहीमा परे। यस्तै जिल्लाकै दक्षिणी क्षेत्रकी एक महिलाले सँगै बजार गएका आफन्त पुरुषले बाटोमा यौन दुर्व्यवहार गर्लान् भन्ने कल्पनासमेत गरेकी थिइनन्। तर घर फर्कने क्रममा जंगलमा बलात्कारमा परिन्। हाल ती पुरुष जेलमा सजाय भोगिरहेका छन्।

निवेदन लिने, आर्थिक सहायता नदिने

वैदेशिक रोजगार नियमावलीको अस्पष्टताले घरबिदामा आउँदा ज्यान गुमाएका कामदारका आफन्त आर्थिक सहायता पाउनबाट वञ्चित भएका छन् । अघिल्लो वर्षदेखि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले घरबिदामा आएका कामदारको निधन भएको खण्डमा आर्थिक सहायता दिन भन्दै निवेदन संकलन गर्न थालेको थियो।

ज्यान गुमाउनेका आफन्त पनि गोठमै

महिनावारी हुँदा छाउगोठमा ज्यान गुमाएका किशोरी तथा महिलाका परिवारका सदस्यले अझै छाउपडी प्रथा छाड्न सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्