२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कांग्रेस नेतृत्वमा चुनावी सरकार : शेखर कोइराला

‘मुलुकको निकासको अन्तिम बिकल्प भनेकै निर्वाचन हो, फलतः अब निर्वाचन मुखी सरकार निर्माण हुनुपर्छ,’ नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले भने ‘कांग्रेस निर्वाचन मुखी सरकारको पक्षमा छ ।’

कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको उनी उपचाररत नर्भिक अस्पतालले जनाएको छ। अस्पतालले आज एक विज्ञप्ती जारी गर्दै उनको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको हो।

‘राष्ट्रिय शिक्षा नीति’ लाई लिएर कांग्रेसलेसातै प्रदेशमा छलफल गर्ने

नेपाली कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने भएको छ। कांग्रेस शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कांग्रेस शिक्षा विभागले तयार पारेको राष्ट्रिय शिक्षा नीतिलाई देशभर छलफल गर्ने निर्णय गरेको हो।

नेतृत्व नपाए कांग्रेस सरकारमा जाँदैन : प्रकाशशरण महत

नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस अरु कसैको नेतृत्वमा सरकारमा नजाने बताएका छन्। नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा नेता महतले कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आएमा मात्र सरकारमा जाने बताएका हुन्।

सर्वोच्चको आदेशपछि संसद् अनिर्णयको बन्दी बन्यो : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान संसद् अनिर्णयको बन्दी बनेको बताएका छन्। प्रेस युनियन खोटाङले शनिबार त्रि–धार्मिकस्थल हलेसी परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरे पनि हालसम्म संसद् चल्न नसक्दा अनिर्णयको बन्दी बन्न पुगेको बताएका हुन्।

कम्युनिस्टसँग लड्ने बेला आयो: शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टसँग लड्नुपर्ने बेला आएको बताएका छन्। पार्टीको महिला विभागले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रममा सभापति देउवाले कम्युनिस्ट पार्टी फेरि लोकतन्त्रको खिलापमा उत्रिएको भन्दै त्यसकाविरुद्ध पार्टी फेरि एक पटक लड्नुपर्ने बेला आएको बताएका हुन्।

जसपासँग दाहालको प्रस्तावः सरकार र चुनावमा सहकार्य गरौं

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ। माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरूबीच शनिबार भएको वार्तामा माओवादी केन्द्रले यस्तो प्रस्ताव गरेको हो।

नेपालीको बचत क्षमतामा ह्रासः सरदरमा एक सय कमाउँदा ९१ रुपैयाँ खर्च

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ। अधिकांशले रोजगारी गुमाएर आम्दानीका स्रोत खुम्चिएपछि बचतमा ह्रास आएको हो।

‘कम्युनिष्टले सत्ता चलाउन सकेनन्, अब हामी नेतृत्व लिन्छौं’

राजनीति सत्ताकै लागि हो । देश र जनताका लागि भलाई र सेवा गर्ने कामका लागि सत्तामा जाने हो । मौका र जिम्मेवारी आउँदा अगाडी नबढ्ने भन्ने कुरा रहेन। कम्युनिष्टको नेतृत्वमा सत्ता सञ्चालनमा समस्या देखियो अब हामी नेतृत्व गर्‍छौं भनिरहेका छौं ।

जसरी पनि केपी ओली हटाउनुपर्छ भन्नेमा हाम्रो जोड छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साविकको नेकपाका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाले देशको राजनीतिलाई थप जटिल बनाएको बताएका छन्।

महन्थ बन्लान् प्रधानमन्त्री

नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले विघटन भएको छ । नेकपाभित्र आन्तरिक विवाद तीव्र बनेका बेला सर्वोच्चले नाममा रहेको विवाद अन्त्य गरेसँगै पुरानै दुई दल एमाले र माओवादी केन्द्र सक्रिय भएका छन् । त्यससँगै बढ्दै गएको सत्ता संकटमा जनता समाजवादी पार्टी केन्द्रमा आइपुगेको छ ।

सेनाले नपढेको किताब

नेपाली सेनाले पशुपतिनाथ (महादेव) लाई राष्ट्रदेव मान्छ । यो उसको अठोट पनि हो । त्रिशूल र डमरु सेनाको प्रतीक चिह्न हो । महाशिवरात्रिलाई सेना दिवसका रूपमा मनाउँछ, सेनाले । यसको अर्थ स्पष्ट छ– परम्परा, धर्म, संस्कृति र मौलिक चरित्र बिर्सेको छैन सेनाले । निजी फाइदाका लागि विगतमा केही जर्नेलले राजनीतिक दल र सत्तासीनको प्यारो हुने कोसिस गर्दा आधारभूत चरित्र (बेसिक क्यारेक्टर) त्यागिदिए ।

कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ। बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो।

कांग्रेसको एजेण्डा दक्ष जनशक्ति उत्पादनः नेता थापा

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले कांग्रेसले देश विकासको लागि दक्ष जनशक्ति उत्पादनको एजेण्डा अघि सार्ने बताएका छन्।

गुटबन्दीले थिलथिलो कांग्रेसः देउवाको भागमा अपजस मात्र

तेह्रौं महाधिवेशनअन्तर्गत २०७२ फागुन २५ गते भएको दोस्रो निर्वाचनबाट शेरबहादुर देउवा नेपाली कांग्रेसको मूल नेतृत्वमा पुगे। सभापतिमा निर्वाचित भएपछि देउवाले भनेका थिए, ‘पार्टीभित्र बृहत् एकता कायम गर्दै विधान अक्षरशः कार्यान्वयनसहित नेता, कार्यकर्ता, शुभेच्छुकको ऊर्जा एवं क्षमतालाई सुदृढ र गतिशील कांग्रेस निर्माणमा लगाउनेछु।’ गुटबन्दीले थिलथिलो कांग्रेसमा देउवाको भनाइले ऊर्जा दिएको थियो तर विधानले दिएको चार वर्षसहित पाँचवर्षे कार्यकाल सकिँदा पनि पार्टीभित्र बृहत् एकता होइन, आन्तरिक किचलो झन् बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्