१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको उनी उपचाररत नर्भिक अस्पतालले जनाएको छ। अस्पतालले आज एक विज्ञप्ती जारी गर्दै उनको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको हो।  

उनको हाल भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ। फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। केही दिनको उपचारपछि उनको अवस्थामा सुधार आएको विज्ञप्तीमा उल्लेख छ।  

विज्ञप्ती,

यस नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ। फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ ।

  • यस अगाडिको जोशीसँग सम्वन्धीत समाचारमा त्रुटी भएकोले क्षमायाचनासहित सच्याइएको छ।

प्रकाशित: ४ चैत्र २०७७ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App