७ वैशाख २०८१ शुक्रबार
राजनीति

कम्युनिस्टसँग लड्ने बेला आयो: शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टसँग लड्नुपर्ने बेला आएको बताएका छन्। पार्टीको महिला विभागले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रममा सभापति देउवाले कम्युनिस्ट पार्टी फेरि लोकतन्त्रको खिलापमा उत्रिएको भन्दै त्यसकाविरुद्ध पार्टी फेरि एक पटक लड्नुपर्ने बेला आएको बताएका हुन्।  

लोकतन्त्रको रक्षा र कम्युनिस्टको एकदलीय सर्वसत्तावादका विरुद्ध लड्नका लागि तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाई देउवाले आग्रह गरे। ‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो अहिले। अहिले ओली सरकारको कस्तो प्रजातान्त्रिक संस्कार नभएको पार्टी हो,’ देउवाले भने, ‘कम्युनिस्ट एकदलीय सर्वसत्तावाद लागु गर्न चाहन्छ।’

सरकारले झुटा नारा दिएर, जनतालाई बहकाएर आफू सत्तामा बसिरहने कुरा गरेको भन्दै देउवाले सात सालमा राणाको खिलापमा प्रजातन्त्रका लागि लडेको, पञ्चायतको खिलापमा प्रजातन्त्रकै लागि लडेको स्मरण गरे। मुलुकको राजनीति निकै तरल अवस्थामा रहेको बताउँदै देउवाले भने, ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ। हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन। र परिस्थिति पर्‍यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन।' पार्टीभित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको बताउँदै देउवाले भने,‘हाम्रो पार्टीले महिला दिदीबहिनीहरूलाई पनि नेपालको संविधानअनुरूप बराबर नै ३३ प्रतिशत महिलाहरूलाई हाम्रो पार्टीमा पनि आरक्षण गरेका छौं हामीले।’

प्रकाशित: १ चैत्र २०७७ ०१:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App