२१ आश्विन २०८१ सोमबार
image/svg+xml

वरीयता सुधारको लक्ष्य

नेपाली खेलाडीको लगनशीलता र दृढ शक्तिका कारण नेपाललाई चाँडै आइसिसीको अंकतालिकामा अग्र स्थानमा देख्न सकिनेछ। खेलाडी प्रशिक्षणका क्रममा विराटनगर आएका नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त अनुमान गरेका हुन्।

काठमाडौं मात्र केन्द्रित नहुन सुझाव

सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले सेवानिबृत्त भएका भूतपूर्व सेनालाई काठमाडौं केन्द्रित मात्र नभएर गाउँ गाउँमा सेवा गर्न सुझाएका छन्। उनले पछिल्लोसमय भूतपूर्व सैनिक काठमाडौं केन्द्रित हुने गरेको जनाउँदै देशभर छरिएर सेवा गर्न सुझाएका हुन्।

‘ओलीलाई प्रचण्डको समर्थनका कारण बहुमत छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार बहुमतको संयुक्त सरकार भएकोले नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा रहनु उचित हुने बताए।

अविश्वासको प्रस्ताव लाँदैन कांग्रेस सरकारमा जाँदैन : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले कांग्रेस प्रतिपक्षमै बस्ने सरकारमा नजाने बताएका हुन्।

त्रिदेशीय कपमा उत्कृष्ट नतिजाको आशा

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले मंगलबारबाट सुरु हुने त्रिदेशीय फुटबल प्रतियोगितामा आफ्नो टोलीले उत्कृष्ट नतिजा ल्याउनेमा विश्वस्त रहेको बताएका छन्। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तानको यु–२३ टोलीबीच खेल हुनेछ।

नेपाली युवा भारतको चलचित्र नगरी मुम्बईमा प्रतिस्पर्धा गर्दै

विराटनगर महानगरपालिका–१० निवासी मोहनकुमार रौनियारका ३० वर्षीय छोरा अमित रौनियार भारतको चलचित्र नगरी मुम्बईमा आफ्नो स्थान बनाउन सफल भएका छन्।

कोरोनाबाट विदेशमा थप एक नेपालीको निधन

कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप एक जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता साउदी अरबमा एकजना नेपालीको संक्रमणका कारण निधन भएको हो।

गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचोः पूर्वमन्त्री आचार्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताएका छन्।

नेकपाका नाममा जित्नेलाई जनप्रतिनिधि मान्न सकिन्न : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले नेकपाका नाममा जितेर आएकालाई अब जनप्रतिनिधि मान्न नसकिने बताएका छन् । शनिबार पोखरामा आयोजित नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको दोस्रो भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई अदालतले छुट्याएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनाइसकेकाले नेकपाका नाममा जितेकालाई जनप्रतिनिधि मान्न नसकिने बताएका हुन् ।

कांग्रेस सकृय सदस्यता वितरण : आन्तरिक खिचातानीले केही अप्ठ्यारो

बाँकेमा पार्टीभित्रको आन्तरिक समायोजनको काम बाँकी नै छ । यसैगरि तत्कालीन फोरम लोकतान्त्रीकसंगको समायोजन प्रकृया पनि हुन नसकेकाले यसले पनि समस्या पारेको छ । बर्दियामा पनि फोरम लोकतान्त्रीकसंगको समायोजनाको समस्या छ । काभ्रेमा पनि यो समस्या छ । यि लगाएत अन्य जिल्लाहरुमा पनि समायोजन तथा पार्टी भित्रको आन्तरिक विवादका कारण सकृय सदस्यताको बिषय जटिल बनेको छ ।

राजनीतिक जटिलताको निकास कांग्रेसले खोज्नु पर्छ : नेतृ कोइराला

नेपाली काँग्रेसका नेता सुजाता कोइरालाले मुलुकले भोगिरहेको राजनीतिक जटिलताको निकास नेपाली काँग्रेसले नै खोज्नु पर्ने बताएकी छन । काँग्रेसका पूर्व सभापती तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरीजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा बिहिबार बुटवलमा आयोजित बिचार गोष्ठिमा बोल्दै उनले कम्युनिष्टहरुले धरापमा पारेको लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको जिम्मा काँग्रेसको काँधमा आएको बताएकी हुन

जंगी अड्डा भित्रको एक भवनमा आगलागी (तस्बिरसहित)

जंगी अड्डा सुन्धाराको एक भवनमा आगलागी भएको छ। बिहिवार जंगी अड्डा भित्रको एक भवनको दोस्रो तलामा आगलागी भएको थियो। दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो।

नेपाली कांग्रेसका नेता कोइरालाको निधन

नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गए राति १ बजे निधन भएको छ। उनको निधन विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिए।

सभापतिजीको उदासीनता रहस्यमय : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकार ढाल्नुपर्ने बताएका छन्। प्रेस युनियन कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पूर्णप्रसाद/मायादेवी शान्ति पत्रकारिता पुरस्कार २०७७’ वितरण कार्यक्रममा बोल्दै उनले कांग्रेसले राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रलाई साथमा लिएर वर्तमान केपी ओली सरकार ढाल्नुपर्ने बताएका हुन्। देशलाई अनिर्णयको बन्दी बन्नबाट निकास दिन ओली सरकार ढाल्नुपर्ने उनको भनाइ छ।

समुन्नत राष्ट्र निर्माणमा रेमिट्यान्स

नेपाली युवाहरूको ऊर्जाशील समय विदेशमा सस्तोमा श्रम बेच्ने अनि बुढेसकालमा देशमा बाँकी जीवन बिताउने लाहुरे प्रवृत्तिको अर्थतन्त्र देश विकासका लागि राम्रो मानिँदैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्