२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

काठमाडौं मात्र केन्द्रित नहुन सुझाव

सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले सेवानिबृत्त भएका भूतपूर्व सेनालाई काठमाडौं केन्द्रित मात्र नभएर गाउँ गाउँमा सेवा गर्न सुझाएका छन्। उनले पछिल्लोसमय भूतपूर्व सैनिक काठमाडौं केन्द्रित हुने गरेको जनाउँदै देशभर छरिएर सेवा गर्न सुझाएका हुन्।  

‘भूपू सैनिकले काठमाडौं केन्द्रित हुन छोड्नुपर्छ,’ प्रधान सेनापति थापाले बुधबार इटहरीको सेनाको पूर्वीपृतना मुख्यालयमा आयोजित भूतपूर्व सैनिक सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै भने। उनले सेनाले स्थानीयस्तरमा नै रहेको नेपाली सेनाको सेवा उपभोग गर्न सुझाए।  

उनले सेवा निवृत्त भएर स्वदेशमा केही गर्ने भन्दा विदेश जाने सेनाको लहर बढेको बताउँदै त्यसो हुनु दुःखको विषय भएको बताए। ‘विदेश जादाँ उनीहरूले दुःख–कष्ट भोग्दै आएका छन्,’ उनले भने, ‘विदेश जानुको सट्टा आफ्नै देशमा केही गर्नुपर्छ।’

थापाले देशमा केही गर्न खोज्ने पूर्वसैनिक तथा उनीहरूको परिवारलाई सेनाले ऋण सहयोग उपलब्ध गराउने बताए। उनका अनुसार नेपाल इन्भेष्टमेण्ट बैंकको साझेदारीमा सेनाले देशभार विभिन्न ठाउँमा पूर्वसैनिक तथा उनीहरूको परिवारलाई ऋण उपलब्ध गराउने गरेको छ।

सैनिक सम्मेलनमा प्रदेश १ घर भएका भूतपूर्व नेपाली सेनाका काम गरेका सेवा निवृत्त सैनिक, उनीहरूको परिवारका सदस्य, अपांग भूतपूर्व सैनिक र उनीहरूको परिवारका सदस्य तथा नेपाली सेनाबाट ऋण लिएर व्यवसाय गर्ने उत्कृष्टलाई सम्मान गरियो। सो क्रममा जेष्ठ भूतपूर्व सैनिक तथा एकल महिला र चार जना वा सोभन्दा बढी सन्तानलाई नेपाली सेनामा लाग्न प्रेरित गर्नेलाई पनि सम्मान गरियो।

प्रकाशित: १२ चैत्र २०७७ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App