coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अविश्वासको प्रस्ताव लाँदैन कांग्रेस सरकारमा जाँदैन : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले कांग्रेस प्रतिपक्षमै बस्ने सरकारमा नजाने बताएका हुन्।  

देउवाले कांग्रेस सरकार गिराउने र बनाउने खेलमा पनि नलाग्ने धारणा राखे। उनले कांग्रेसले सरकारविरुद्ध अविश्वासको प्रस्ताव नलैजाने स्पष्ट पारे। ‘कांग्रेसले सरकारविरुद्ध अविश्वासको प्रस्ताव लाँदैन’ देउवाले भने‘अरु कुनै पार्टीले लैजान्छ भने हामीलाई थाहा छैन।’ देउवाले कांग्रेसलाई सरकारमा जाने हतार नभएकाले विपक्षीकै धर्म निर्वाह गर्ने बताए। 

‘कांग्रेस विपक्षी हो’ उनले भने‘ विपक्षमै बस्छ।’ देउवा धरानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन विराटनगर विमानस्थल हुँदै आएका हुन्।

नयाँ सरकार गटनका सम्बन्धमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले स्पष्ट धारणा बनाइसकेको छैन। कांग्रेसका अधिकांश नेताहरू भने केपी ओलीको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन्।

प्रकाशित: १० चैत्र २०७७ ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App