आयल निगम ४७ अर्ब घाटामा
इन्धन कारोबारमा नेपाल आयल निगमले १० महिनाकै अवधिमा करिब ४७ अर्ब रूपैयाँ नोक्सान बेहोरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भएपछि करिब आधा खर्ब रूपैयाँ घाटा भएको नेपाल आयल निगमले जनाएको छ।
इन्धन कारोबारमा नेपाल आयल निगमले १० महिनाकै अवधिमा करिब ४७ अर्ब रूपैयाँ नोक्सान बेहोरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भएपछि करिब आधा खर्ब रूपैयाँ घाटा भएको नेपाल आयल निगमले जनाएको छ।
एमाले विभाजनपछि भएको स्थानीय तह निर्वाचनबाट वर्षौंदेखि एमालेका गढ क्षेत्र भत्किएका छन्। थोरैथोरै मतले कांग्रेसले निर्वाचनमा जित हात पारेको छ। कांग्रेसले एमालेका गढ भत्काएर जित हात पारेको हो।
विदेशी मुद्रा सञ्चितिमा गिरावट आएर नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरे पनि व्यापार घाटा मासिक करिब डेढ खर्ब रूपैयाँ पुगेकोे छ। स्वदेशमा उत्पादन हुन सक्ने वस्तुमा समेत विदेशको भर पर्दा बर्सेनि व्यापार घाटा बढ्दै गएको हो।
रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा भएको कच्चा तेलको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको छ। कच्चा तेलको मूल्य बढ्दा इन्डियन आयल कर्पोरेसन (आइओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ।
बढ्दो क्रयशक्ति र फेरिएको जीवनशैलीले उपभोग संस्कृतिलाई थप बढाएको छ र वस्तु आयातलाई थप दबाब दिएको छ। वस्तुको आयात बढ्नुको मुख्य कारण पनि यही नै हो।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रूपैयाँ ९२ पैसा, डिजेलमा प्रतिलिटर ७ रूपैयाँ २४ पैसा, मट्टीतेलमा प्रतिलिटर ८ रूपैयाँ ८० पैसा तथा हवाई इन्धनमा प्रतिलिटर ७ रूपैयाँ ४८ पैसा बढेको छ। एलपी ग्यासमा प्रतिसिलिन्डर ८१ रूपैयाँ ६२ पैसा घटेको छ।
अर्थतन्त्रलाई भरथेग गर्दै आएको रेमिटेन्स आप्रवाह घट्ने क्रम पछिल्लो समयमा पनि जारी रहेको छ।
अर्थतन्त्र लयमा फर्किएकाले आयात वृद्धिलाई स्वाभाविक रुपमा लिनुपर्छ। अर्थतन्त्र चलायमान भएकाले वस्तुको आयात बढेको हो। कोभिडपछि बजारमा उत्पादन र उपभोग बढेको छ। कोभिड संक्रमण घटेर अहिले दोकान खुलेर आर्थिक गतिविधि बढेकाले व्यवसाय चल्न थालेपछि आयात बढ्नु स्वाभाविक हो । आर्थिक क्रियाकलाप वृद्धि हुँदा मुलुकको अर्थतन्त्रलाई हित हुन्छ।
गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा रु ४० अर्ब २० करोड बराबरको निर्यात भएको थियो भने सोही अवधिमा रु चार खर्ब दुई अर्ब ४९ करोड बराबरको आयात भएको थियो।
मुलुकमा रेमिटेन्सको आप्रवाहमा कमी र डलरको सञ्चिति घटिरहेको बेला आयात ह्वात्तै बढेको छ। पोहोरको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात ६३.७३ प्रतिशतले वृद्धि भएको छ। व्यापार घाटा ५८ प्रतिशतले बढेर चार खर्ब १३ अर्ब रूपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा विदेशमा रहेका नेपालीबाट ७५ अर्ब ९६ करोड रूपैयाँ रेमिटेन्स प्राप्त भएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब १८ प्रतिशतले कमी हो।
नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी पक्षधर १० जना मतदानमा सहभागी भएनन्। अर्कोतिर ओली समूहकै आठ सांसदले देउवालाई विश्वासको मत दिए। नेपालसहित एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने १० जना तटस्थ बसेका थिए।
नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ। चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पोहोरको तुलनामा चालु आर्थिक वर्षको जेठसम्म व्यापार घाटा दुई खर्ब ४९ अर्ब ३० करोड रूपैयाँले बढेको हो। कोभिड १९ को कारण वस्तुको खपत कम भए पनि व्यापार घाटा २४.६१ प्रतिशतले बढेको हो।
सरकारलाई धेरै कर तिनुपर्दा मूल्य वृद्धि गर्दा पनि निगम घाटामा गएको हो। निगमले आइओसीबाट खरिद गरेर बिक्री गर्दा उच्च कर तिर्नु परेकाले मूल्य बढाउँदा पनि घाटा रहेको निगमले जनाएको छ।