१० मंसिर २०८१ सोमबार
image/svg+xml

चालु खाता एक खर्बले घाटामा

चालु आर्थिक वर्ष २०७७/७८ को सात महिनामा चालु खाता एक खर्ब एक अर्ब ९० करोड रूपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ६ अर्ब रूपैयाँले घाटामा थियो। चालु आवको सुरुदेखि नै बचतमा गएको चालु खाता मंसिरपछि घाटामा जान थालेको हो। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेकोे विवरण अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६ लाखले घाटामा रहेको चालु खाता यस अवधिमा ८७ करोड १० लाखले घाटामा छ।

रौतहटको ‘श्रीराम सुगर मिल्स’ सधैंका लागि बन्द, यस्ताे छ कारण

उद्योगले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै २ अर्ब १७ करोड ७५ लाख ५८ हजार रुपैयाँ घाटा भएकाले अब सञ्चालन गर्नै नसकिने जानकारी दिएको हो ।

चीन र रूसबीच व्यापार घाटा ६ प्रतिशतले वृद्धि

सन् २०२० को पहिलो त्रैमासिकमा चीन र रूसबीचको व्यापारिक कारोबार २० अर्ब ९४ करोड अमेरिकी डलर रहेको चिनियाँ भन्सार प्रशासनद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

निर्यातमा कमी आएसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब डलर

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा सात अर्ब अमेरिकी डलर बढी ४९.५ अर्ब अमेरिकी डलर पुगेको छ।

निर्यात वृद्धिदर पोहोरकाे तुलनामा दोब्बरभन्दा धेरै

केही वर्षदेखि मुलुकले खर्बौं रुपैयाँको व्यापार घाटा बेहोरिरहेका बेला चालु आर्थिक वर्षमा भने निर्यात बढिरहेको छ। यो वर्ष निर्यातको वृद्धिदर पोहोरको तुलनामा दोब्बरभन्दा धेरै छ।

अमेरिकासँग दक्षिण कोरियाली व्यापार बचत १५ प्रतिशत बढ्यो

संयुक्त राज्य अमेरिकासँग दक्षिण कोरियाको सामान व्यापार बचत १५ प्रतिशतले बढेको छ। अमेरिकी तथ्यांक विभागले आइतबार जारी गरेको तथ्यांक अनुसार सन् २०१९ मा अमेरिकासँगको दक्षिण कोरियाको व्यापार बचत बढेको हो।

तेल निर्यात अवरोधले लिबियालाई एक अर्ब ४० करोड डलर घाटा : एनओसी

लिबियाको सरकारी तेल कम्पनी लिबियाली नेसनल आयल कर्पोरेसन (एनओसी)ले तेलकुवा र बन्दरगाह अवरोध गरिएका कारण तेल निकासीमा कमी आएको जनाएको छ।

एक सय १० मुलुकसँग व्यापार घाटा

स्वदेशमा औद्योगिक तथा कृषिजन्य वस्तु उत्पादन वृद्धि नहुँदा नेपालले एक सय १० भन्दा बढी मुलुकसँग व्यापार घाटा बेहोरिरहेको छ।

'व्यापार घाटा न्यूनिकरण गर्ने बलियो आधार तयार हुन सकेन'

उद्योगी व्यववसायीहरुले व्यापार घाटा न्यूनिकरण गर्ने बलियो आधारहरु अझै तयार हुन नसकेको बताएका छन्।

अमेरिकी व्यापार घाटा घट्यो, अक्टोबरमा घाटा प्रतिशत ७.६ कायम

अमेरिकाको ब्यापार घाटा अक्टोबरमा अनपेक्षितरूपमा घटेको सरकारी तथ्याङ्कले देखाएको छ।

रेमिटेन्स घट्दो क्रममा

मुलुकको व्यापार घाटा बर्सेनि बढिरहेका बेला रेमिटेन्स आय भने घट्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्षको सुरुका तीन महिना (साउन–असोज) मा व्यापार घाटा अघिल्लो वर्षको तुलनामा कम भएपछि त्यअघिका वर्षहरुको भन्दा बढी छ। रेमिटेन्स आय भने उल्टै घटिरहेको छ।

सेजबाट सिकौं

निर्यात एक खर्ब हाराहारीमा पुग्दा आयात त्यसको १३/१४ गुणाले बढेको छ। प्रतिमहिना हेर्दा मुलुकको व्यापारघाटा एक खर्ब रुपैयाँभन्दा बढी देखिन्छ। चालू आवको साउनदेखि असोजसम्मको व्यापारघाटा तीन खर्ब सात अर्ब ७८ करोड रुपैयाँ पुगिसकेको छ। प्रत्येक सरकारले आयातलाई निरुत्साहित गर्ने र निर्यात बढाउने भनिरहेका छन्। त्यसैअनुसारको बजेट ल्याएको दाबी पनि गरिँदै आएको छ। तर, परिणाम भने शून्यजस्तै छ।

अझै केही वर्ष व्यापार घाटा कायम रहन्छः मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन्।

व्यापार घाटा गत वर्षभन्दा ४२ अर्ब कम

मुलुकको वैदेशिक व्यापारमा सुधार आएपछि यो वर्ष व्यापार घाटा ४२ अर्ब रुपैयाँले घटेको छ। मासिक करिब खर्ब रुपैयाँको व्यापार घाटा रहे पनि पोहोर पहिलो तीन महिनाको तुलनामा यो १२.०२ प्रतिशतले घटेको हो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को साउनदेखि असोजसम्मको व्यापार घाटा तीन खर्ब सात अर्ब ७८ करोड रुपैयाँ छ। पोहोर सोही अवधिमा व्यापार घाटा तीन खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्