७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

निर्यातमा कमी आएसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब डलर

पछिल्लो आन्दोलनका क्रममा ५५ अरब अमेरिकी डलर बराबरको क्षति

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण  व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा सात अर्ब अमेरिकी डलर बढी ४९.५ अर्ब अमेरिकी डलर पुगेको छ।  

कोरोनाभाइरसको महामारीका कारण यो समय अमेरिकामा व्यापारिक कारोबार र यातायात बन्द भएका कारण अमेरिकी निर्यात तथा आयातमा निकै कमी आएको र यसका कारण व्यापार घाटा निकै धेरै हुन पुगेको अमेरिकी सरकारले बिहीबार जानकारी गराएको छ।

अमेरिकी बाणिज्य विभागका अनुसार अप्रिलमा अमेरिकी समान तथा सेवाहरूको निर्यातमा मार्चको तुलनामा २० प्रतिशतले ह्रास आएको थियो भने आयातमा १३.७ प्रतिशत कमी भएको थियो।

सन् २०२० मा (हालसम्म)अमेरिकाको व्यापार घाटा २६ अर्ब पुगेको छ। यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतभन्दा बढी भएको बाणिज्य विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ।

अमेरिकामा पछिल्लो आन्दोलनका क्रममा ५५ अरब अमेरिकी डलर बराबरको क्षति
अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ।

मिनियापोलिसका अधिकारीहरुले दिएको जानकारी अनुसार आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र तोडफोडका कारण यति ठूलो रकम बराबरको क्षति भएको हो।

उनीहरुले अहिलेसम्मको प्रारम्भिक विवरण अनुसार २२० घरमा क्षति भएको छ भने क्षति भएका भवनहरुको सङ्ख्या त्योभन्दा बढी हुनसक्ने अनुमान गरेका छन्।

प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु भएपछि उनको हत्या भएकोभन्दै देशभरी प्रदर्शन भइरहेको छ।

मिनियापोलिसका मेयर जाकोब फ्रेयीले क्षति भएकाहरुलाई पुनर्निर्माण गर्न क्षतिपुर्तिका लागि राज्य तथा संघीय सरकारसँग आग्रह गरिने जानकारी दिए।

अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभरी प्रदर्शन गर्दै आइरहेका छन्।

आन्दोलन हिंसात्मक हुदै गएपछि सरकारले देशका ४० भन्दा बढी सहरमा समय तोकेर निषेधाज्ञा आदेश पनि जारी गर्नु परेको थियो। कतिपय ठाउँमा निषेधाज्ञा पनि तोडेर प्रदर्शनकारीहरुले आन्दोलनलाई चर्काउँदै लगेका थिए।

प्रदर्शनकारी र प्रहरीका बीचमा धेरै ठाउँमा झडप भएका थिए भने आन्दोलनका क्रममा कम्तीमा १२ जनाको मृत्यु पनि भएको छ। यो बीचमा हजारौँ पक्राउ परेका छन् भने सयौँ घाइते भएका छन्।

प्रकाशित: २२ जेष्ठ २०७७ १६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App