७ वैशाख २०८१ शुक्रबार
अर्थ

१५ प्रतिशतले घट्यो व्यापार घाटा

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई खर्ब ५८ अर्ब ८६ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको तुलनामा घटे पनि रेमिटेन्स भने १२.६ प्रतिशतले बढेको हो ।  

अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स ५.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिटेन्स ७.६ प्रतिशतले बढेर दुई अर्ब १८ करोड पुगेको छ ।  

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति लिनेको संख्या भने ९६.८ प्रतिशतले घटेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या ७८.६ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर १०.२ प्रतिशतले वृद्धि भएर दुई खर्ब ८६ अर्ब ९१ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खुद ट्रान्सफर ३.८ प्रतिशतले घटेको थियो ।  

वस्तु व्यापार घटेर दुई खर्ब ६१ अर्ब २२ करोड रूपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता ३४ अर्ब ३६ करोड रूपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२ अर्ब ४७ करोड रूपैयाँले घाटामा रहेको थियो । सोही अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपात क्रमशः ३९.०, ११७.३ र ३२.९ प्रतिशत छन् । २०७७ असार मसान्तमा यी अनुपात क्रमशः ३७.२, १०५.७ र ३३.१ प्रतिशत थिए ।

पछिल्लो तीन महिनामा व्यापार घाटा १५.१ प्रतिशतले घटेको छ । वस्तु व्यापार घटेर दुई खर्ब ६१ अर्ब २२ करोड रूपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १२.० प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत थियो ।

यस्तै, कुल वस्त निर्यात १४.३ प्रतिशतले वृद्धि भई ३१ अर्ब पाँच करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.४ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६ प्रतिशत, २६.९ प्रतिशत र १९.० प्रतिशतले घटेको छ ।

प्रकाशित: ११ मंसिर २०७७ ०५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App