१२ आश्विन २०८१ शनिबार
image/svg+xml

काठमाडौं महानगरपालिकाद्वारा आकाशेपुल मर्मत र निर्माण

भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छन्। अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए।त्यसैगरी नयाँ पुल निर्माणको पहिलो चरणमा चावहिल र पुरातत्व विभाग अगाडि निर्माणको काम सम्पन्न गरी प्रयोगमा नै आइसकेका छन्।

आर्थिक अवस्था कमजोर भएकाको घर मर्मत

आर्थिक अवस्था कमजोर रहेको तथा अविभावकीय सहाराविहिन भएका एक दलित परिवारको घर जिर्णोद्धार गरिएको छ। जनसेवा समाज पाँचथरको अगुवाईमा चुहिने घरलाई मर्मत गरिएको हो।

थन्किएका सवारी मर्मतमा लाखौं खर्च

यातायात व्यवसायीका अनुसार लामो समय गाडी रोकिँदा इन्जिन आयल, ब्याट्री, टायर, टायरको ग्रिज, गियर आयल, ट्यांकीको इन्धनलगायत नोक्सान हुन्छ ।

सवारी मर्मतमा लाखौं खर्च

सरकारले भदौ एकगतेदेखि लामो दुरीको सार्वजनिक यातायात संचालन गर्न दिने भनेपछि यातायात व्यवसायी सनतकुमार श्रेष्ठले दशवटा बसलाई मर्मत गरे। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउनका कारण चैत ११ देखि रोकिएका गाडी भदौ १ गतेका लागि तयारी पार्दा उनले दशवटा गाडीका लागि करिब ३५ लाख रुपैयाँ खर्च गरे।

प्रयोगमा नआउँदै हाटबजारको पर्खाल भासियो

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा लाग्ने साप्ताहिक हाटबजारका लागि ४६ लाखमा बनाइएको कृषि मार्केट आयोजनाको फलामे ट्रसको रिटेनिङ वाल प्रयोगमा नआउँदै वर्षाका कारण भासिएपछि नगरपालिकाले तत्काल मर्मत गर्नका लागि निर्माण कम्पनी अनिल मल्टी कम्पनी प्रालि मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोकलाई आदेश दिएको हो ।

पशुपतिनाथको मूल मन्दिर क्षेत्रमा मर्मतसम्भार जारी

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी लागू गरिएपछि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर क्षेत्रभित्र मर्मतसम्भार शुरु गरिएको छ।

दमकल मर्मतका लागि महिलाद्वारा भिक्षादान

दुई दिनअघि सुनसरी इनरुवा नगरपालिकाको दमकल बिग्रिएकाले गर्दा स्थानीय ठाउँमा भएको आगलागी नियन्त्रण बाहिर गएको जनाउँदै दमकल मर्मत गर्न महिलाहरुले भिक्षादान माग गर्न थालेका छन् ।

भत्किएको ३ वर्षमा पनि मर्मत भएन सडक

भत्किएको ३ वर्ष भए पनि वेलहिया–बुटवल ६ लेन सडक मर्मत हुन सकेको छैन। आयोजना सम्पन्न नहुदै भत्किएको सडक अन्तर्गत भैरहवा वसपार्क क्षेत्रको सडक बजेट अभाव, योजना प्रमुखहरुको अस्थिरता र मर्मत स्वीकृतीमा ढिलाईको कारण मर्मतको प्रतिक्षामा रहेको छ।

नागढुंगा सडक मर्मत तीव्र

दसैंअघि मात्र मर्मत गरिएको नौबिसे–नागढुंगा सडक ठाउँठाउँमा खाल्डाखुल्डी परेकाले फेरि मर्मत सुरु गरिएको छ। विशेष गरी अत्यधिक भारयुक्त मालवाहक सवारीसाधन काठमाडौंतर्फ प्रवेश गर्दा लेन बढी दबिएर खण्डखण्ड पर्ने गरेको छ। खाल्डाखुल्डी परेको सडकमा अहिले मर्मतसम्भारको काम तीव्र गरिएको हो।

माल पायौं, अब चाल पाउँ

एक अर्बको लागतमा त्यति ठूलो विद्यालय संरचना बनाउनुअघि त्यसको सञ्चालन, मर्मतसम्भार कसरी गर्ने भन्ने सोचाइ र योजना हुनुपर्ने हो नत्र गरिबलाई हात्ती दान दिएजस्तो हुन सक्छ भन्ने हेक्का राम्रोसँग रहेको देखिंदैन।

सिद्धिचरण लोकमार्ग मर्मतको ६ महिना बितिसक्दा पनि कामदारले भुक्तानी पाएनन्

उदयपुरको सिद्धिचरण लोकमार्गको सडक मर्मत गरेको ६ महिना बितिसक्दा पनि भुक्तानी नपाएपछि कामदार हैरान भएका छन्।

सुनसरी–मोरङ करिडोरका उद्योग बन्द हुने अवस्थामा

सीमावर्ती भारतको जोगवनीस्थित मिरगञ्ज पुल मर्मतका लागि बन्द भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग कच्चा पदार्थ अभावले बन्द हुने अवस्थामा पुगेका छन्।

निकोसेरा सडकको अस्थायी मर्मत सुरु

मध्यपुर थिमि–९ मा स्थित निकोसेरा सडकखण्डको अस्थायी मर्मत सुरु गरिएको छ। स्थानीयले सडक मर्मतको माग राखी विरोध गरेपछि मध्यपुर थिमी नगरपालिकाले सडकको अस्थायी मर्मत सुरु गरिएको हो।

निकोसेरा सडक मर्मत माग्दै स्थानीयद्वारा सवारी आवागमनमा रोक

मध्यपुर थिमिका स्थानीयले निकोसेरा सडकखण्ड यथाशीघ्र मर्मत गर्नु पर्ने माग गर्दै मंगलबार सवारी आवागमनमा रोक लगाएका छन्।

मर्मतका लागि भरतपुर विमानस्थल बन्द

चितवनको भरतपुर विमानस्थल १० दिनको लागि बन्द भएको छ। विमानस्थलको धावनमार्ग र पार्किङ मर्मत तथा विस्तार गर्न लागिएकाले आइतबारदेखि १० दिनसम्म सबै उडान बन्द गरिएको विमानस्थलका सूचना अधिकारी केशव लम्सालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्