१३ आश्विन २०८१ आइतबार
image/svg+xml

श्रमदानबाटै सडक मर्मत

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीयले श्रमदान गरेर सडक मर्मत गरेका छन्। एक दशकअघि निर्माण गरिएको सडक मर्मतमा स्थानीय सरकारको ध्यान नपुगेको भन्दै खार्मीका युवाको अगुवाइमा दसैंतिहारको अवसर पारी खार्मी–तापखोला ७ किलोमिटर खण्ड मर्मत गरेका हुन्।

खानेपानी पाइप मर्मतका लागि सेना परिचालन

बागलुङ बजारमा वितरण भइरहेको खानेपानी पहिरोका कारण अनियमित भएपछि सेनाको सहयोगमा मर्मत कार्य सुरु गरिएको छ। गत असोजको वर्षाले बागलुङ नगरपालिका–३ बोक्सेमा गएको पहिराले बागलुङ बजारमा आउने खानेपानीको पाइप बगाएपछि खानेपानीको आपूर्ति नियमित हुन सकेको छैन।

सडक मर्मत नगरेको भन्दै मेयरलाई ट्रकको पछाडि बाँधेर घिसारियो (भिडियोसहित)

चुनावको समयमा मेयरले आफूहरुसँग गरेको वाचा अनुरुप स्थानीय सडक मर्मत नगरेकोले यस्तो कदम चालिएको किसानहरुले बताएका छन्।

सडक अनुगमनमा भौतिकमन्त्री

काठमाडौँका विभिन्न स्थानको सडक मर्मतको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित उच्चस्तरीय टोलीले अनुगमन गरेको छ ।

नौबिसे–नागढुङ्गा सडक अष्टमीका दिन मर्मत गरिने

उच्च सवारी चापका कारण मर्मतसम्भार गर्न कठिन भएको त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको गणेश मन्दिर क्षेत्रमा आइतबार अष्टमीका दिन मर्मतसम्भार गरिने भएको छ।

नौबिसे–नागढुंगा सडकखण्ड : टिक्दैन देब्रे लेन

दुई महिनाअघि मात्र मर्मत–सम्भार गरिएको नौबिसे–नागढुंगा सडकले एउटा बर्खा पनि थेग्न सकेन। क्षमताभन्दा बढी भारका सवारीसाधन गुडाउँदा काठमाडौंतर्फ प्रवेश गर्ने लेन खाल्डाखुल्डी बनेको छ। खाल्डाखुल्डी भएको भाग असार मसान्ततिर पुरे पनि बढी भारका सवारीले लेन दबाएर खाल्डा बनाएको छ। सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुंगा सडक खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौंले हेर्ने गर्छ।

चिनियाँ राष्ट्रपति आउने भएपछि सडक मर्मत

चिनियाँ राष्ट्रपति अक्टोबर ११ देखि १४ सम्म जुनसुकै बेला आउन सक्ने भन्दै अहिले सडक विभाग तथा डिभिजन सडक कार्यालय काठमाडौंले हतार–हतार सडक मर्मत सुरु गरेका छन्। सडक विभागले भने चिनियाँ राष्ट्रपतिको सवारीलाई लक्ष्य गरेर नभई नियमित मर्मतसम्भार भन्दै आएको छ।

नौबिसे–नागढुङ्गा सडक मर्मत गर्न कठिन

त्रिभुवन राजपथअन्तर्गत नौविसे–नागढुङ्गा सडक खण्ड मर्मत सम्भारमा निकै कठिनाइ हुँदै आएको छ। सो सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुङ्गा सडक खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौँले हेर्ने गर्दछ।

सडक मर्मत गर्दै स्थानीय

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका स्थानीयले सडक मर्मत सुरु गरेका छन्। दसैंतिहारलाई लक्षित गर्दै स्थानीयले वर्षाले अवरुद्ध भएको मूलघर–बाघखोर–डिकुवा–चारबोटे ग्रामीण सडक मर्मत सुरु गरेका हुन्।

खाल्डो एक, प्रक्रिया दश, मर्मतलाई कम्तिमा १५ दिन

हाम्रो सडकका खाल्डा कसरी पुरिन्छन् भन्ने कहिल्यै सोच्नु भएको छ ? महानगरपालिकाका कामदारहरू खाल्डा पुर्न र मर्मतका लागि सडकमा देखिन्छन् तर तपाईंले कहिल्यै कल्पना गर्नु भएको छ एउटा खाल्डा पुर्न करिब १० प्रक्रिया पूरा गर्नुपर्छ ? यी प्रक्रियालाई हाम्रो कर्मचारीतन्त्रका विभिन्न विभाग र व्यक्तिहरूले स्वीकृति दिनु पर्छ ।

आफैं सडक मर्मत गर्दै स्थानीय

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका स्थानीयले सडक मर्मत सुरु गरेका छन्। दशैं तिहारलाई लक्षीत गर्दै स्थानीयले अवरुद्ध भएको मुलघर–बाघखोर–डिकुवा–चारबोटे ग्रामिण सडक मर्मत सुरु गरेका हुन्।

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु

रसुवाको कालिका गाउँपालिका–१, नागर्दुन क्षेत्रमा पहिरो सडक लगेपछि चार दिनदेखि नाका जोड्ने सडक अवरुद्ध भएको छ। यो सडक खुलाउन धेरै समय लाग्ने भएकाले छोटो दूरीको सडक खुलाउन लागिएको हो।

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु भएको छ। पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे सडक अवरुद्ध भएपछि शनिबारदेखि मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु गरिएको हो।

वर्षको बीचमा दिने बजेट खर्चमा समस्या

अर्थ मन्त्रालयले गत आर्थिक वर्षको बजेटमा देशभरका सडक निर्माण र मर्मत गर्न ७२ अर्ब ८२ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको थियो। अर्थ मन्त्रालयले वर्षको बीचमा बजेट थप गरी एक खर्ब आठ अर्ब रुपैयाँ पु-यायो। खर्च भने ८० अर्ब १५ करोड रुपैयाँ मात्र भयो। यो तथ्यांकले आर्थिक वर्षको बीच वा अन्त्यतिर दिने रकम खर्च गर्न समस्या हुने देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्