१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

श्रमदानबाट सडक मर्मत

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–८, धितुङका स्थानीयले श्रमदान जुटाएर सडक मर्मत गरेका छन् ।

ससाना विकास निर्माणका काममा पनि सरकारकै मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला धितुङका स्थानीयले अवरुद्ध सडक खुलाउन श्रमदान गरेका हुन् । आफैंले गर्न सकिने विकास निर्माणका ससाना काममा पनि बजेट खोज्ने प्रवृत्तिको अन्त्य गर्न स्थानीयले धितुङ भन्ज्याङ–कात्तिके–डिहिडाँडा–विजयखर्क सडक मर्मत गरेको वडासदस्य खेमराज कार्कीले बताए ।

हलेसी तुवाचुङ नगरपालिका–८, धितुङका स्थानीयले श्रमदान जुटाएर सडक मर्मत गरेका छन् । ससाना विकास निर्माणका काममा पनि सरकारकै मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला धितुङका स्थानीयले अवरुद्ध सडक खुलाउन श्रमदान गरेका हुन् ।

हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीलाई जोड्ने लक्ष्यसाथ गरिबी निवारण कोषको आर्थिक सहयोगमा २०७४ सालमा निर्माण गरिएको सडक वर्षाका कारण ठाउँ–ठाउँमा भत्किएपछि मर्मत गरिएको हो । खोल्सा खाल्सीमा भत्किएको सडकमा तारजालीसहितको ग्याबिन पर्खाल हालिएको छ ।

तारजाली सकिएकाले केही दिनका लागि काम रोकिएको वडासदस्य कार्कीले बताए । ग्याबिन वाल हालेपछि नगरपालिकाको जेसिभी लगाएर सडक सफा गर्ने तयारी छ । अवरुद्ध सडक मर्मतका लागि दैनिक ६५ देखि ७० जना स्थानीयले श्रमदान गरेका छन् । ‘तार जाली सकिएकाले ग्याबिन पर्खाल हाल्ने काम रोकिएको छ,’ वडासदस्य कार्कीले भने, ‘तारजाली जुटाउने काम भइरहेको छ ।’

सडक मर्मत क्रममा स्थानीयले एक लाख रुपैयाँभन्दा बढको श्रमदान गरेका छन् ।

दसैं तिहारलाई लक्षित गरेर स्थानीयले सडक मर्मत सुरु गरेका हुन् । चाडवाडका समयमा आवत–जावत गर्ने पाहुनालाई ध्यानमा राखेर गाउँघरमा सडक, गल्ली, धारापँधेरा मर्मत तथा सरसफाइ गर्ने प्रचलन छ ।

प्रकाशित: १७ आश्विन २०७६ ०१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App